मुआब्जा पीडितहरुको आन्दोलन २० दिनका लागि स्थगन, भन्सारको कामकाज सुचारु

मुआब्जा पीडितहरुको आन्दोलन २० दिनका लागि स्थगन, भन्सारको कामकाज सुचारु
सुन्नुहोस्

झापा : देशको राष्ट्रिय राजनीतिक अवस्थालाई मध्यनजर गरी भद्रपुरस्थित मेची किनारका मुआब्जा पीडितहरूले २० दिनका लागि धर्नासहितको सम्पूर्ण आन्दोलनको कार्यक्रम स्थगन गरेका छन्।

मुआब्जा पीडितहरूले आन्दोलनको कार्यक्रम स्थगन गरेसँगै ११ दिनदेखि ठप्प भद्रपुर भन्सार कार्यालयको कामकाज बिहीबारदेखि सुचारु भएको छ। 

गत फागुन ८ गतेदेखि आन्दोलित उनीहरूले मुआब्जासहितको क्षतिपूर्ति रकम सरकारले तत्काल उपलब्ध नगराएसम्म आन्दोलन कार्यक्रमलाई निरन्तरता दिँदै भन्दै भन्सारको मूल ढोकामै धर्ना दिएर बसेका थिए। 

देशको राजनीतिक अस्थिरताको कारण सरकार विस्तार प्रक्रियामा केही समस्या देखिएको भन्दै मुआब्जा पीडितहरूको आन्दोलनको कार्यक्रम तत्काललाई स्थगन गराउन नगरपालिका जनप्रतिनिधि, स्थानीय राजनीतिक दलहरू, सङ्घसंस्था तथा उद्योगी व्यापारीले सहजीकरण गरेका थिए। 

सोही कुरालाई मध्यनजर गरी मुआब्जा पीडितहरूले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन अर्थात् चैत ७ गतेसम्मका लागि आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगन गरेका हुन्। 

चैत ७ गतेभित्र पनि मुआब्जा पीडितहरूको माग सम्बोधन नभएको खण्डमा उनीहरूको आन्दोलनलाई थप सशक्त बनाउन स्थानीय जनप्रतिनिधि, भन्सार प्रमुख, उद्योगी, व्यापारी, सङ्घसंस्थाले सहयोग गर्ने भनी लिखित रूपमै प्रतिबद्धता जनाएको नेकपा (माओवादी केन्द्र) का नगर अध्यक्ष शिवकुमार राजभण्डारीले जानकारी दिए। 

मुआब्जा पीडितको बारेमा पार्टीसहित मन्त्रालयसम्म कुरा पुर्‍याएको बताउँदै उनले भने, ‘सरकारले तोकिएको समयावधि भित्र मुआब्जा उपलब्ध गराउन नसके रोक्का राखेको पीडितहरूको जग्गा फुकुवा गरिदिनुपर्छ।’ ‘हामी पीडितहरू आन्दोलनबाट पछि हटेका छैनौँ,’ जग्गाधनी आशा पण्डितले भने, ‘राष्ट्रिय राजनीतिको अवस्था हेरेर आन्दोलन स्थगन मात्र गरेका हौँ, हाम्रो माग पूरा नभए आन्दोलनलाई थप सशक्त बनाएर लैजाने छौँ।’ 

भन्सारको विस्तारसँगै नयाँ भौतिक संरचना निर्माणका लागि भद्रपुर–५ स्थित स्थानीयको नम्बरी जग्गा (९ बिगाहा) भन्सारले अधिग्रहण गर्न लागेको छ। 

मुआब्जा वितरण सम्बन्धी भन्सारको सबै कानुनी प्रक्रिया पूरा गरी जिल्ला प्रशासन कार्यालय झापाले जमिनको मुआब्जा तथा घर टहराको क्षतिपूर्ति बापत दिनुपर्ने १०९ वटा कित्ताको रकम तोकेर गत पुस ६ गते १५ दिने सूचना निकालेको थियो। त्यस बापत सरकारले ६० करोड क्षतिपूर्ति दिनुपर्ने देखिन्छ। 

सूचना निकालेको डेढ महिना बित्न लाग्दा समेत सम्बन्धित पक्षले जग्गाधनीहरूलाई रकम उपलब्ध नगराएपछि उनीहरू दबाबमूलक रूपमै आन्दोलनमा उत्रिएका थिए। 

भन्सार प्रमुख अमित तिवारीका अनुसार जिल्लादेखि भन्सार विभागसम्मको सबै कानुनी प्रक्रिया पूरा भइसकेको छ। अर्थ मन्त्रालयमा फाइल अडकिएकोले समस्या उत्पन्न भएको बताउँदै उनले भने, ‘अर्थले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा फाइल पठाएपछि मात्र निकास निस्किन्छ।’   


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.