क्याम्ब्रिज विश्वविद्यालयमा राहुल गान्धीले भने, ‘मोदीले देश बर्बाद गर्दै छन्’

क्याम्ब्रिज विश्वविद्यालयमा राहुल गान्धीले भने, ‘मोदीले देश बर्बाद गर्दै छन्’
फाइल तस्बिर।
सुन्नुहोस्

नयाँ दिल्ली : बेलायतको क्याम्ब्रिज विश्वविद्यालयमा लेक्चर दिन गएका भारतीय कांग्रेस नेता राहुल गान्धीले मोदी सरकारमाथि गम्भीर आरोप लगाएका छन् ।

कांग्रेसका वरिष्ठ नेता साम पित्रोदाले उक्त लेक्चरको भिडियो आफ्नो युट्युब च्यानलमा सार्वजनिक गरेका छन् ।

यस भिडियोमा राहुल गान्धीले भारत जोडो यात्रा, भारतीय लोकतन्त्र, मिडिया, न्यायपालिका जस्ता धेरै विषयमा कुरा गरेका छन् ।

राहुल गान्धीले मोदी सरकारको नीतिको प्रशंसा र आलोचना गर्दै आफ्नो धारणा राखे।

राहुल गान्धीले भने, ‘महिलाहरूलाई ग्यास सिलिन्डर दिनु र मानिसहरूको बैंक खाता खोल्नु राम्रो कदम हो। यस्ता कदमलाई गलत भन्न मिल्दैन । तर मेरो विचारमा मोदीले भारतको बनावट ध्वस्त पारिरहेका छन् । उनीहरूले भारतमा यस्तो विचार थोपिरहेका छन्, जुन भारतले स्वीकार गर्न सक्दैन ।'


'भारत राज्यहरूको संघ हो। भारतमा धार्मिक विविधता छ। भारतमा सिख, मुस्लिम र ईसाईहरू छन्, तर मोदीले उनीहरूलाई दोस्रो दर्जाको नागरिकको रूपमा व्यवहार गर्छन्। म त्यसमा सहमत छैन। तपाईंको विरोध यति गहकिलो कुरामा छ भने दुई वा तीन नीतिहरूमा सहमत भएर केही फरक पर्दैन।'

राहुल गान्धीले क्याम्ब्रिज विश्वविद्यालयमा ‘लर्निङ टु लिसनिङ’ विषयमा विद्यार्थीहरूलाई लेक्चर दिएका थिए। बीबीसी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.