सुदूरपश्चिमका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने

सुदूरपश्चिमका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने
सुन्नुहोस्

धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले फागुन २१ गते विश्वासको मत लिने भएका छन्। 

मुख्यमन्त्री शाहले आज सभामुख भीमबहादुर भण्डारीलाई पत्राचार गर्दै फागुन २१ गते विश्वासको मत लिनका लागि प्रदेश सभाको बैठक बोलाई दिन आग्रह गरेका छन्।
 

‘मुख्यमन्त्री कमलबहादुर शाहको पत्र आएको छ। फागुन २१ गते १ बजे विश्वासको मतका लागि सदन बोलाउने निर्णय भएको छ’ सभामुख भण्डारीले भने। 

नेकपा एमालेको तर्फबाट मुख्यमन्त्री बनेका राजेन्द्र सिंह रावलले विश्वासको मत लिन नसकेपछि, माघ २६ गते राजीनामा दिएपछि नेपाली कांग्रेसको तर्फबाट संसदीय दलका नेता शाह २६ गते नै मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

केन्द्रीय सत्ता समीकरण फेरिएपछि सुदूरपश्चिममा चार दलको सरकार बन्ने छ। मुख्यमन्त्री शाहले शाहले विश्वासको मत पाउने अपेक्षा गरिएको छ। 

केन्द्रीय सत्ता समीकरण अनुसार मुख्यमन्त्री शाहलाई, नेपाली कांग्रेस (१९ सांसद), नेकपा माओवादी केन्द्र (सभामुख सहित ११ सांसद), नागरिक उन्मुक्ति पार्टी (७ सांसद), नेकपा एकीकृत समाजवादी (४ सांसद) गरी ४१ सांसदको समर्थन रहको छ। 

यद्यपी नागरिक उन्मुक्ति पार्टीको निर्णय भने आइसकेको छैन। नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपनि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र समाजवादी गरी सत्ता गठबन्धनसँग ३४ जनाको बहुमत हुनेछ। 

सुदूरपश्चिममा सरकारलाई विश्वासको मतका लागि २७ सांसद भएपनि पुग्छ। ‘मलाई दुई तिहाई भन्दा बढीको समर्थन रहन्छ, नागरिक उन्मुक्ति पार्टीले पनि विश्वासको मत दिन्छ’ मुख्यमन्त्री कमल बहादुर शाहले भने। 

शाह संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुई दलको समर्थनबाट मुख्यमन्त्री भएका राजेन्द्र रावलले विश्वासको मत नपाएका कारण संविधानको धारा १६८ कै उपधारा ३ बमोजिम संसदमा सबैभन्दा ठूलो दलको नेताका हैसियतमा मुख्यमन्त्री नियुक्त भएका थिए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.