कालिकोटको तिलागुफा नगरपालिकालाई सम्मान

कालिकोटको तिलागुफा नगरपालिकालाई सम्मान
सुन्नुहोस्

वीरेन्द्रनगर : जिल्ला समन्वय समिति कालिकोटले तिलागुफा नगरपालिकालाई सम्मान गरेको छ। 

चौथो जिल्ला सभामा स्थानीय तहहरूको संस्थागत क्षमता मूल्यांकनमा जिल्लाभरीकै उत्कृष्ट अंक ल्याएकोमा तिलागुफालाई सम्मान गरेको हो। 

स्थानीय तहहरूको संस्थागत क्षमता मूल्यांकनमा जिल्लाभरीकै उत्कृष्ट अंक ल्याउने तिलागुफा नगरपालिका प्रमुख शंकरप्रसाद उपाध्यायलाई कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री एवं प्रतिनिधि सभा सदस्य महेन्द्रबहादुर शाहीले सम्मान गरे। 

कालिकोटमा ९ वटा स्थानीय तहछन्। जसमा तिलागुफाले स्थानीय तहको संस्थागत क्षमता मूल्यांकनमा ७२ दशमलव ७५ र वित्तीय सुशासन जोखिम मूल्यांकनमा ६५ दशमलव ५ अंक ल्याएको थियो। 

दोस्रोमा नरहरीनाथ गाउँपालिका, तेस्रोमा रास्कोट नगरपालिका, चौथोमा खाँडाचक्र नगरपालिका, पाँचौमा सान्नीत्रिवेणी गाउँपालिका, छैटौँमा पचालझरना गाउँपालिका, साँतौमा महाँवै गाउँपालिका आठौँमा पलाँता गाउँपालिका र ९ औँ मा शुभकालिका गाउँपालिका भएको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.