नोबेल पुरस्कार विजेतालाई बेलारुसमा १० वर्षको जेल
एलेस बिलियात्स्कीले भने यी आरोपहरू अस्वीकार गरेका छन्।
एल्स एक प्रजातन्त्र समर्थक कार्यकर्ता हुन्। उनको एक मानव अधिकार समूहले २०२० मा बेलारुसमा प्रदर्शनकारीहरूलाई कानुनी र आर्थिक सहायता प्रदान गरेको थियो।
उनका सहायक, भ्यालियन्सिन स्टेफानोविचलाई नौ वर्षको जेल र अर्का कार्यकर्ता उलादजिमिर लाबकोविचलाई सात वर्षको जेल सजाय सुनाइएको छ।
बेलारुसबाट निष्कासित नेता स्वेतलाना तिखानोभस्कायाले यो निर्णयलाई लाजमर्दो अन्यायपूर्ण भनेकी छन्। विपक्षीहरूले बेलारुसका नेता अलेक्जेन्डर लुकाशेन्कोले विपक्षीहरूको आवाज दबाएको आरोप लगाएका छन्। बीबीसी