सुन पसलमा ग्राहक बनेर पसे लुटेरा

सुन पसलमा ग्राहक बनेर पसे लुटेरा

ज्वेलर्स सञ्चालक प्रदिप सेन्चुरीसँग उनको कुराकानी राम्रै भयो। सुन किन्नु नै छ भनेर आफूलाई देखाएको सुन तौल गरिदिन पसलेलाई आग्रह गरे। सुन जोखाउने क्रममा ती अज्ञात ग्राहकले सुनको डब्बा लिएर मोटरसाइकलमा फरार भए।

बर्दिवास : गत मंगलबार महोत्तरीको बर्दिबासस्थित मेनचोकमै रहेको लक्ष्मी ज्वेलर्समा खासै भीडभाड थिएन। मध्यान्हको समयमा एकजना ग्राहक सुन किन्न पसलमा पसे। 

ज्वेलर्स सञ्चालक प्रदिप सेन्चुरीसँग उनको कुराकानी राम्रै भयो। सुन किन्नु नै छ भनेर आफूलाई देखाएको सुन तौल गरिदिन पसलेलाई आग्रह गरे। सुन जोखाउने क्रममा ती अज्ञात ग्राहकले सुनको डब्बा लिएर मोटरसाइकलमा फरार भए।

सुन किन्नु छ भनी पसलमा आएका अज्ञात व्यक्तिले सुन जोखाउने क्रममा सुनको डब्बा लुटेर मोटरसाइकलमा फरार भएको ज्वेलर्सका सञ्चालक सेन्चुरीले बताए। बजार मूल्य २ लाख ३० हजार रुपैयाँ बराबरको सुन लिएर भागेको सेनचुरीले सुनाए। घटनालगत्तै प्रहरीप्रशासनलाई जानकारी गराए पनि कुनै सुनुवाइ नभएको उनको आरोप छ।

नेपाल सुनचाँदी व्यवसायी संघ महोत्तरीका अध्यक्ष शम्भुप्रसाद साह पनि अपराधी पक्राउ गर्न सुरक्षा निकाय चुकेको बताउँछन्। घटनालगत्तै ईलाका प्रहरी कार्यालय बर्दिवास, जिल्ला प्रहरी कार्यालय महोत्तरीसहितको सुरक्षा निकायमा खबर गर्दा पनि लुटपाट गर्ने व्यक्तिलाई पक्राउ गर्न प्रहरी प्रशासन सफल नहुनुले आफू व्यवसायीहरु त्रसित भएको उनी सुनाउँछन्।

घटनाको चौथोदिन शुक्रबार सुनचाँदी व्यवसायीहरुले ईलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायव उपरीक्षक विजय कुमार यादवलाई ज्ञापनपत्र बुझाएका छन्। नेपाल सुनचाँदी व्यवसायी संघ महोत्तरीका अध्यक्ष साह र महासचिव विनोद कुमार भण्डारीद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा प्रहरी प्रशासनमाथि गम्भीर प्रश्न उठाएको छ।

‘व्यवसाय सञ्चालनको क्रममा यसरी लुटपाट गरिनु निन्दनीय मात्रै होइन यसमा सिङ्गो जिल्लाको शान्ति सुरक्षा कमजोर रहेको चित्रण गर्दछ,’ ज्ञापनपत्रमा लेखिएको छ, ‘सुनचाँदी जस्तो संवेदनशील व्यवसाय सहज वातारणमा सञ्चालन गर्न कठिन बनाएको छ।’ यो घटनाले सुनचाँदी व्यवसायीलाई हतोत्साहित मात्र नभइ चिन्तित र दुखी बनाएको उक्त पत्रमा उल्लेख छ। उनीहरुले यस्तो घटना दोहोरिन नदिन आग्रह गर्दै दोषीलाई चाँडोभन्दा चाँडो नियन्त्रणमा लिई कारबाही गर्न माग गरेका छन्।

ईलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायव उपरीक्षक यादवले घटनाको अनुसन्धान भइरहेको बताए। पसलमा सिसीटिभी क्यामेरा नभएर अनुसन्धानमा समस्या भएको उनले बताए। यस्तो घटनाले प्रहरी प्रशासनमाथि गम्भीर प्रश्न उठ्यो नि भन्ने अन्नपूर्णको जिज्ञासामा प्रहरी नायव उपरीक्षक यादवले भने, ‘पिडित पक्षले यस्तो आरोप लगाउनु स्वभाविक हो। हामी सम्वेदनशील छौं। घटनाको अनुसन्धान भइरहेको छ।’

 
ईलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायव उपरीक्षक विजयकुमार यादवलाई ज्ञापनपत्र बुझाउँदै नेपाल सुनचाँदी व्यवसायी संघ महोत्तरीका पदाधिकारीहरु।

  null 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.