आगामी बजेट कर्णाली केन्द्रित आउँछ : उपसभापति खड्का

आगामी बजेट कर्णाली केन्द्रित आउँछ : उपसभापति खड्का
सुन्नुहोस्

वीरेन्द्रनगर : नेपाली कांग्रेसका उपसभापति एवं पूर्व गृहमन्त्री पूर्णबहादुर खड्काले आगामी आर्थिक वर्षको बजेट कर्णालीलाई केन्द्रमा राखेर आउने बताएका छन्।

 
सुर्खेतको गुर्भाकोटमा नेपाली कांग्रेसको प्रथम नगर सम्मेलनको उद्घाटन गर्दै कांग्रेस उपसभापति खड्काले यस्तो बताएका हुन्। 

उनले ठूलो भूगोल र कम जनसंख्या भएको कर्णाली र सुदूरपश्चिममा विगतमा संघीय बजेट न्यून आउने गरेको परम्परालाई तोड्दै आगामी आर्थिक वर्षको बजेटमा कर्णाली र सुदूरपश्चिमलाई केन्द्रमा राखेर ल्याइने दाबी गरे। 

अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहालसहितका शीर्ष नेताहरू कर्णालीका जिल्लाहरूमा भएका गत निर्वाचनका बेलाको चुनावी अभियानका क्रममा मैले नै कर्णालीलाई बजेटमा प्राथमिकता दिने प्रस्ताव राखेको थिएँ, उनले भने, त्यसमा अहिलेका प्रधानमन्त्री प्रचण्डले समर्थन जनाउनु भएको थियो। चुनावका बेला गरेको वाचा आगामी आर्थिक वर्षको बजेटमार्फत सम्बोधन हुनेमा म विस्वस्त छु। त्यसैअनुसार कर्णालीमैत्री बजेट ल्याउनका लागि सरकारसँग समन्वय पनि गरिरहेको छु।' 

सुर्खेत क्षेत्र नम्बर २ बाट संघीय सांसदसमेत रहेका कांग्रेस नेता खड्काले भेरी किनारमा नयाँ शहर निर्माणको काम सुरु गरिएको बताउँदै छिन्चुदेखि उत्तर जोड्ने सडकलाई फोरलेनको बनाउनका लागि ठेक्का आह्वान गरिएको बताए। 

उनले मदन भण्डारी राजमार्ग कालोपत्रेको काम भइरहेको, भेरीको टापु खटाङमा तीन मुखे झोलुंगे पुलको निर्माणका लागि माटो परीक्षणको काम भइरहेको बताउँदै कांग्रेस नेतृत्वमा भएका र हुँदै गरेका कामहरू आम जनतामाझ पुर्‍याउनुपर्ने बताए। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.