गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतमाथि आक्रमण
दाङ : दाङको शान्तिनगर गाउँपालिका अध्यक्ष प्रमोद बस्नेत र प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्कामाथि वडा नम्बर २ का अध्यक्ष सुनिल ओलीले आक्रमणको प्रयास गरेका छन्।
घटना गाउँपालिका अध्यक्ष बस्नेतको कार्यकक्षमा शुक्रबार भएको थियो। वडाध्यक्ष ओलीले गाउँपालिका अध्यक्षको कार्यकक्षमा छिरेर त्यहाँ रहेको टि–टेबल हावामा नचाउँदै कहिले अध्यक्ष र कहिले प्रशासकीय अधिकृतलाई हान्ने प्रयास गरेको एक प्रत्यक्षदर्शीले बताए।
त्यसलगत्तै बस्नेत र खड्काले आफूहरूमाथि भएको दुर्व्यवहार बारे प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखसमक्ष उजुरी गरेका छन्। ओली स्वतन्त्र उम्मेदवार बनेर अध्यक्ष जितेका थिए।