आत्म शान्तिका लागि ध्यान
तानसेन: ओशो आश्रम चितवन सौराहाका स्वामी मैत्रेयले दैनिक एक घण्टा ध्यान गरे जीवन सफल हुने बताएका छन्।
पाल्पाली ओशो मनले तानसेनको श्रीनगरमा आयोजना गरेको शिविरमा ओशो स्वामी मैत्रेयले तन, मन र धनको व्यबस्थापन नै ध्यान रहेको बताए। ध्यानबाट नै सबै किसिमको सुख आनन्द प्राप्त हुने भएकोले दैनिक २४ घण्टामा एक घण्टा मात्र ध्यान गरे जीवन पूर्ण हुने बताए।
मानिसले गर्ने हरेक काम गतिविधि सकारात्मक सोचका साथ भए जीवन सफल हुने ओशो परिवारको विश्वास छ।
मानिसमा बढ्दै गएको तनाव, लोभ, मोह, क्रोध, अनियमिता, भष्ट्राचार अनैतिकता नियन्त्रण गर्न पनि ध्यानको आवश्यकता रहेको मैत्रेयले बताए।