लागूऔषधसहित ३ जना पक्राउ

लागूऔषधसहित ३ जना पक्राउ
सुन्नुहोस्

उदयपुर : उदयपुरको अलग–अलग ठाउँबाट प्रहरीले प्रतिबन्धित लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ। पश्चिमी क्षेत्र कटारी नगरपालिका–१ बेलस्रोतस्थित कालिखोलाबाट प्रदेश.२–०१–००१ प १५२६ नम्बरको स्कुटरसहित सिरहाको मिर्चैया नपा–४ का २२ वर्षीय ललित सिंहलाई प्रहरीले पक्राउ गरेको हो। 

पक्राउ परेका सिंहको साथबाट प्रहरीले २२ केजी प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राकेश पोदारले बताए। बेलस्रोत क्षेत्रबाट प्रतिबन्धित गाँजा ओसारपसार हुने गरेको गोप्य सूचनाका आधारमा प्रहरी चौकी बेलस्रोतबाट खटिएको टोलीले सिंहलाई पक्राउ गरेको उनले बताए। 

पक्राउ परेका सिंहलाई इलाका प्रहरी कार्यालय कटारीको हिरासतमा राखी थप अनुसन्धान सुरु गरिएको बताए। त्यसैगरी शुक्रबार बेलुका त्रियुगा नपा ६ लालपत्ता स्थित प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी चेकिङ टोलिले दुई जनालाई पक्राउ गरेको छ। 

लहानबाट गाईघाटतर्फ आउँदै गरेको अटोलाई चेकजाँच गर्ने क्रममा त्रियुगा नपा १२ का  २० वर्षीय रामशंकरकुमार साहा र त्रियुगा नपा ३ भुल्केका १८ वर्षीय अमिर भन्ने सजाद अलीले पक्राउ गरिएको डिएसपी पोदारले बताए। 

प्लाष्टिकको झोलामा सागको मुठा भित्र लुकाइ ल्याएको अवस्थामा फेनारागन १५ एम्पुल, डाइजोपाम १५ एम्पुल र बुप्रिनोरफिन १५ एम्पुल गरी जम्मा ४५ एम्पुल लागूऔषधसहित उनीहरुलाई पक्राउ गरिएको उनले बताए। उनीहरु दुबै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धान सुरु गरिएको डिएसपी पोदारले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.