नागरिक उन्मुक्तिले सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई विश्वासको मत दिने

नागरिक उन्मुक्तिले सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई विश्वासको मत दिने
तस्बिर : शिवराज भट्ट
सुन्नुहोस्

७ सांसद रहेको नागरिक उन्‍मुक्तिले लिखित सम्झौता नभएसम्म विश्वासको मत नदिने बताउँदै आएपनि आज विश्वासको मत दिने निर्णय गरेको हो।

धनगढी : नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशका मुख्‍यमन्त्री कमलबहादुर शाहलाई समर्थन गर्ने भएको छ। ७ सांसद रहेको नागरिक उन्‍मुक्तिले लिखित सम्झौता नभएसम्म विश्वासको मत नदिने बताउँदै आएपनि आज विश्वासको मत दिने निर्णय गरेको हो।

बैठकबाट बाहिरिँदै नागरिक उन्मु्क्ति पार्टीको अध्यक्ष रञ्जिता श्रेष्ठले शाहलाई विश्वासको मत दिने बताइन्। यसअघि श्रेष्ठले दलीय सहमतिको लिखित हस्ताक्षरबिना विश्वासको मत दिन नसकिने बताएकी थिइन्।

नेकपा माओवादी केन्द्रले पनि मुख्यमन्त्री शाहलाई समर्थन गर्ने जनाएको छ।

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदैछन्। 

५३ सदस्यीय प्रदेश सभामा कांग्रेसका १९,एमालेका १०,माओवादीका ११ (सभामुखसहित),नागरिक उन्मुक्तिका सात,नेकपा (एकीकृत समाजवादी)का चार र राप्रपा एक तथा स्वतन्त्र सांसद एक जना छन्। विश्वासको मतका लागि २७ सांसद आवश्यक पर्छ ।

तत्कालीन मुख्यमन्त्री राजेन्द्रसिंह रावलले  प्रदेशसभाबाट बहुमत नपाएपछि संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेश सभामा सबैभन्दा ठूलो दल कांग्रेस संसदीय दलको नेताको हैसियतले शाह गत माघ २६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

त्यतिबेला नागरिक उन्मुक्ति पार्टीले साथ नदिँदा एमाले नेतृत्वको प्रदेश सरकार सोही दिन ढलेको थियो।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.