जाजरकोटमा झाडापखालाबाट एक जनाको मृत्यु

जाजरकोटमा झाडापखालाबाट एक जनाको मृत्यु
सुन्नुहोस्

जाजरकोट : झाडापखालाबाट जाजरकोटमा एक जनाको ज्यान गएको छ। समयमा उपचार नपाउँदा जुनीचाँदे गाउँपालिका-७ का ५१ वर्षीय जयबहादुर रोकामगरको ज्यान गएको हो। 

जयबहादुरलाई झारावान्ता भएपछि उपचारका लागि स्थानीय रजुतरा सामुदायिक स्वास्थ्य इकाईमा लगिएको थियो। त्यहाँ औषधि नभएपछि बिरामीलाई फर्काएर घर ल्याईयो। घरेलु उपचार गरियो तर निको भएन। 

अन्तमा उनको ज्यान गयो स्थानीय राजेन्द्र रोकामगरले भने समयमा उपचार पाएको भए उनको अकालमा ज्यान जाने थिएन। मृतकका छोरा १४ वर्षीय अनमोल रोकामगर पनि झाडापखालाले सिकिस्त बिरामी भएका छन्। 

उनको अवस्था जटिल भएपछि जिल्ला प्रशासन कार्यालयको पहलमा थप उपचारका लागि सुर्खेत पठाइएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी अन्जन न्यौपानेले दिए। 

मौसम परिवर्तनसँगै खानपानमा ध्यान नदिँदा झाडापखालाको समस्या देखिने गरेको जाजरकोट अस्पतालका डाक्टर औसरसिंह राठौरले बताए। 

फुड प्वाइजनिङका कारण पनि झाडापखाला भएको हुन सक्ने भएकोले सबैलाई सचेत रहन डा.राठौरको सुझाब छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.