होली विशेष

वसन्तमा फागुको हर्ष

वसन्तमा फागुको हर्ष
फाइल तस्बिर।
सुन्नुहोस्

मौसम जाडोबाट विस्तारै गर्मीतिर उन्मुख छ भने प्रकृतिले नयाँ पालुवाहरू दिन थालेको छ। घरआँगनमा आएको होली खेल्ने रंग, अबिरहरू तम्तयार छन्। अधिकारको दुरुपयोग गर्नेलाई होलिकाको अवस्था हुने बिम्ब पस्कँदै समापनतिर जाने यो पर्व सत्ययुगदेखि नै आरम्भ भएको हो। धर्म, संस्कृतिको अक्षुष्णतालाई कायम राख्ने नेपालीहरूका घर आँगनमा वसन्तको महोत्सव, होलीपर्व, हर्ष र विजयोत्सवका रूपमा सदाझैं यस वर्ष पनि आइपुगेको छ। विखण्डनतिर उन्मुख भइरहेको, हरेक विषयमा समर्थन र विरोध भनौं अन्तरविरोधको स्वरमा हुर्कन लागेको हाम्रो समाजलाई यो पर्वले निश्चय नै सद्भाव र भाइचारा अनि राष्ट्रिय एकताको सन्देश दिन्छ नै।

नयाँ ऊर्जा, नयाँ उत्सव, नवीनतम जोस र जाँगर लिएर नेपालको भावी चित्र खिच्ने अभिलाषा बोकेर नव वसन्तको खोजी गरिरहेका नेपालीबीच अतीतका कटु यथार्थलाई बिर्सेर धार्मिक, सांस्कृतिक र मौलिक चिनारी प्रस्तुत गर्न उद्यत् नेपाली के तराई, के उपत्यका के पहाड सबैतिर एक साता होली महोत्सव मनाउँदैछन्।

देश विकास भनौं प्रगतितर्पm उन्मुख हुन पहिले मनोमालिन्यलाई छोड्नु पर्छ। त चीरदाहको नामले परिचित फागुलाई असत्यमाथि सत्यको विजय उत्सवका रूपमा लिने चलन रहेको हो। राजधानी काठमाडौंको वसन्तपुरमा एक हप्ताअगाडि नै २५ फिट अग्लो काठको लिंगो ठड्याई विभिन्न रंगका कपडाले बेरिएको छ। यसरी बडो उल्लासका साथ फागु आगमनको संकेत दिने लिंगोलाई वृन्दावनको आनन्द कदमको रूखको प्रतीक मान्ने चलन छ। लिंगोको टुप्पोमा छत्राकार दिइएको चीर ठड्याउने कार्यलाई फागु पूर्णिमाको अघिल्लो रातिसम्म राखेर जलाइन्छ। चीरलाई दहन गरिने भएकाले चीरदाहको नामले फागु पूर्णिमाका दिन खुसीयालीका रूपमा पनि मान्ने चलन छ। चीरलाई दहन गरिने भएकाले चीरदाहको नामले फागु पूर्णिमाका दिन खुसीयालीका रूपमा जात्रा मनाइन्छ। चीरको खरानी दल्ने, त्यसको टीका लगाउने, घर सजाउने, शरीरमा रंगीविरंगी चित्र बनाई एकआपसमा फागु खेल्ने चलन पनि रहेको छ। शत्रुता र वैरभावलाई बिर्सेर आपसी भाइचाराको रूपमा, मित्रताको गाँठो बलियो पार्ने चाडको रूपमा पनि फागुलाई मनाइने गरिन्छ। 

तराईमा फागुको रौनक पूर्णिमाको भोलिपल्ट हुन्छ। मिथिला (जनकपुर)मा धूमधामसाथ मनाइने यो पर्वले तराईका प्रत्येक कुनासम्म आफ्नो पहुँच बढाएको छ। तराईका ग्रामीण परिवेशमा रहेका फोहोर, घाँस पतझरहरूलाई जलाएर पुराना दर्द बिर्सने, चीरदाह, उत्सवका रूपमा मनाइन्छ। वसन्तका नयाँ पालुवाझैं जीवनमा नयाँ उत्साहको ऊर्जा थप्ने चाड फागु नेपालका कुनाकाप्चा ग्रामीण परिवेशसम्म बडो उत्सुकताका साथ मनाइने गरिन्छ। अधिकारको दुरुपयोग गर्नेहरूलाई विशेष सतर्क गराउने संकेत दिने होलिका दहन उत्सवले प्राचीन इतिहासको पनि संकेत गर्छ। धन, पद प्रतिष्ठाको अनि क्रोध, लोभको प्रतीक हिरण्यकशिपुले सात्विक कार्यका प्रतीक प्रह्लादको अन्त्य गर्न भरमग्दुर प्रयत्न गरेको तर सत्यको विनाश भने हुन नसक्ने देखे। त्यसपछि अग्निले दहन गर्न नसक्ने दैवीशक्ति लिएर बसेकी बहिनी होलिकाको काखमा राखेर भक्त प्रह्लादको अन्त्य गर्ने प्रयास स्वरूप प्रह्लादलाई जलाउन प्रयत्न गर्‍यो। अन्ततः प्राप्त शक्तिको दुरुपयोग भएको देखी अग्निदेवले प्रह्लादको सट्टा होलिकालाई नै दहन गरिदिए। असत्यको प्रतीक हिरण्यकशिपु र उसकी समर्थक होलिका दहनको खुसीयालीमा त्यसै होलिका दहनको खरानीको टीका लगाई खुसी व्यक्त गर्ने क्रममा फागु खेल्ने परम्रा विकसित हुँदै आयो। प्रह्लादलाई बाजागाजासहित रंगीन उत्सवका साथ अबिरयात्रा गरिएको संस्मरण स्वरूप फागुपूर्णिमा मनाउने चलनले सबै जनमानसमा एउटा अमिट छाप छोडेको छ।

सत्ययुगको उपर्युक्त संस्मरणले द्वापरयुगको संकेतस्वरूप वृन्दावनमा गोपिनीहरूका साथ श्रीकृष्णले रसरंग गरेको प्रसंग जोडिन पुग्छ। होलिको उत्सव मान्दै कल्मष हटाउने, आत्मीय स्नेह बढाउने, सुख, समृृद्धि र ऐश्वर्य वृद्धि गर्ने चाडको रूपमा द्वापरयुगदेखि नै मान्दै आएको पर्व कलियुग आजसम्म आइपुग्दा पनि बढेको छ। आफन्तसँग भेटघाट गरी खुसीको साटासाट गर्दै उपहार दिँदै, मीठा खानेकुरा खाने पर्वका रूपमा पनि यसलाई लिइन्छ। नयाँ अन्न स्वास्थवद्र्धक जौ, चना, गहुँको परिकार बनाउने त्यसको आहुती दिँदै आत्मेश्वर शरीरभित्रको परमेश्वरलाई भोगप्रसाद लगाउने चाडका रूपमा पनि यसलाई हेर्ने गरिन्छ। यसमा आहुती दिइएको तिलक प्रसाद टीका लगाउने चाडको रूपमा पनि लिइन्छ। 

द्वापर युगमा राजा युधिष्ठिरको पालामा पनि होली महोत्सव मनाइने गरिन्थ्यो। भविष्य पुराणको कथानकअनुसार ढुण्डा नामकी राक्षस्नीले केटाकेटीहरूलाई बडो उपद्रव गर्न थालेकीले हातमा मसाल लिएर ठूलो जनसमूहका साथमा अग्नि प्रज्वलित गर्दा ढुण्डा राक्षसी डराई केटाकेटी अपहरण गर्ने कार्य बन्द गरेकी र सबैलाई सुख शान्ति मिलेको कुरा पनि पौराणिक कथाहरूको प्रसंग पाइन्छ। फागु महोत्सवमा अग्निदहन गर्दा वरिपरिको वातावरण स्वच्छ, पवित्र हुने, रोग निरोधक शक्ति वृद्धि हुने, रोगका कीटाणुहरू, फोहोर नास हुने, शरीर निरोगी हुने वैज्ञानिक दृष्टिकोणले पनि यो उत्सवलाई सबैले मान्ने गरेका हुन्। प्रदूषित वातावरण, समयमा सहरमा फोहोर नउठ्ने कार्यलाई यो पर्वले तीखो व्यंग्य गरेको छ।

फागुको राग गाउने परम्परा पनि मल्लकालीन इतिहासबाट आरम्भ भएको देखिन्छ। किंवदन्तीअनुसार भोट गएका एक व्यापारी आफ्नो बस्ती काठमाडौंको ठहिटी टोलमा फर्कन सकेको खुसीयालीमा काठमाडौं सहरमा अबिर जात्रा गर्ने परम्परा सुरु भएको भन्नेहरू पनि छन्। काठमाडौंको ठबली महाबिहारबाट ‘चक्रद्य’ जात्रा सुरु हुने परम्परा भएकाले सो कुराको पुष्टि हुन्छ। काठमाडौंवासीले होलीलाई ‘चक्रद्य’ भन्ने गरेका र यो जात्रा होलीकै सम्झनामा सुरु भएको हुन सक्ने कुरा संस्कृतिविद्हरूको मत छ। भगवान् मस्येन्द्रनाथको पुकार गर्दै ‘सार्थबाहु’ नामक व्यापारी ठूलो कष्टका साथ भोटबाट फर्कन सकेको संस्मरणस्वरूप पनि काठमाडौंवासीले यो जात्रा सुरु गराएको भन्ने किंवदन्ती छ। आफ्नो भदा प्रह्लादलाई काखमा राखी जलाउन खोज्दा आफैं डढेकी र त्यसको खुसीयालीमा होलिका दहन उत्सव मनाइने गरिएको हो। 

सत्ययुगदेखि नै आरम्भ गरिएको फागु उत्सवले प्राप्त अधिकारको दुरुपयोग गर्नेलाई होलिकाकै हालत हुन्छ भन्ने संकेतसमेत दिन्छ। हिरण्यकशिपुको वितण्डा समाप्त पार्न, सत्य, शान्त र भक्तिभावले ओतप्रोत प्रह्लादलाई बचाउन जगदीश्वर श्रीविष्णु आज्ञाले हिरण्यकशिपुकी बहिनी होलिकाको अन्त्य गरेको प्रसंग पनि पौराणिक चर्चाको विषय बनेको छ। पुरानो मनोमालिन्य, शत्रुता र वैरभावलाई बिर्सेर घरघरमा गई शुभकामना, भोज भतेर, बधाई साटासाट गरिने यो फागुपर्व काठमाडौंमा मल्लकालदेखि आरम्भ भएको कुरा इतिहासले पुष्टि गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.