पाकिस्तानको बलुचिस्तानमा आत्मघाती हमला, कम्तीमा ९ प्रहरीको मृत्यु

पाकिस्तानको बलुचिस्तानमा आत्मघाती हमला, कम्तीमा ९ प्रहरीको मृत्यु
तस्बिर : एजेन्सी
सुन्नुहोस्

एजेन्सी : पाकिस्तानको बलुचिस्तान प्रान्तमा आत्मघाती बम हमला भएको छ।  पाकिस्तानका अधिकारीका अनुसार देशको दक्षिण पश्चिमी क्षेत्रमा भएको आत्मघाती बम हमलामा कम्तीमा ९ प्रहरी मारिएको जनाइएको छ।

घटना बलुचिस्तान प्रान्तको बोलान सहरमा भएको हो।मारिएका जवानहरू बलुचिस्तान कन्स्टेबुलरीका थिए। बीबीसी उर्दु रिपोर्टका अनुसार सो घटनामा १० बढि घाइते भएका छन्।

एक अधिकारीका अनुसार कम्बरी पुल नजिकै बलुचिस्तान कन्स्टेबुलरीको गाडीलाई एक मोटरसाइकले ठक्कर दिएको थियो। गाडीमा सावर सुरक्षाकर्मी आइतबार सिबी मेलाबाट ड्युटी सकेर फर्किदै थिए।

बलुचिस्तानका मुख्यमन्त्री मीर अब्दुल कुदौस बिजेन्जोले सुरक्षाकर्मीको गाडीमा भएको बम विष्फोटको निन्दा गर्नुका साथै यसलाई आतंकवादी कार्यको संज्ञा दिँदै मृतक र घाइतेका परिवारप्रति गहिरो दुःख र समवेदना व्यक्त गरेका छन्।

उनले विज्ञप्तिमा भनेका छन्-बलुचिस्तानलाई अशान्ति र अस्थिरता सृजना गरेर पछाडि धकेल्न षडयन्त्र भइरहेको छ। यस्ता षडयन्त्रलाई जनताको सहयोगले असफल बनाइनेछ।'

पाकिस्तानमा पछिल्लो समयमा सुरक्षाकर्मीलाई निसाना बनाइ आक्रमण भइरहेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.