'प्रचण्ड जनबैरीको निशानामा परे'

'प्रचण्ड जनबैरीको निशानामा परे'
सुन्नुहोस्

काठमाडौं: नेकपा माओवादी केन्द्र प्रदेश एक समितिले पार्टी अध्यक्ष रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' जनबैरीको निशानामा परेको आरोप लगाएको छ। 

प्रदेश समितिले एक अपिल जारी गर्दै राज्य र समाजका विभिन्न क्षेत्रमा रहेका जनबैरीले प्रचण्डलाई निशानामा पारेको जनाएको छ। प्रदेश समितिले जारी गरेको अपिलमा भनिएको छ, '२०६२/०६३ को ऐतिहासिक जनआन्दोलन महान् जनयुद्धको स्वभाविक परिणति थियो। युद्ध र आन्दोलनको बलमा हजारौं वर्षदेखि रैती बनाइएका नेपाली सार्वभौम नागरिकमा फेरियौं। श्रमजीवी जनताको हक र आकांक्षालाई दबाएर नेपालको प्राकृतिक र मानवीय सम्पदामा ब्रम्हलुट मच्चाइरहेका प्रतिक्रियावादीहरु किनारामा फालिए। युद्ध र आन्दोलनको ज्वार घट्नुसँगै विभिन्न आवरणमा लुकेका प्रतिक्रियावादीहरु आफ्नो सक्कली रुपमा प्रकट हुन थालेका छन्। राज्य र समाजको विभिन्न क्षेत्रमा लुकि बाँचेका जनबैरीहरुले यताका केहि महिनाहरुमा खुल्ला उपद्रवी हर्कत थालेका छन्।'

अदालती कारबाहीमा प्रचण्डलाई पुर्‍याउन लामो समयदेखि बुनिएको षड्यन्त्रको स्वरुप भएको समितिले जारी गरेको अपिलमा भनिएको छ। प्रदेश समिति अध्यक्ष मिक्सो र इन्चार्ज पार्थले हस्ताक्षर गरेको अपिलमा भनिएको छ, 'जनयुद्धका कमाण्डर तथा जनआन्दोलनसँग युद्धको उर्जालाई समायोजित गर्ने मुख्य कालिगढ हाम्रो पार्टीका अध्यक्ष कमरेड प्रचण्ड जनबैरीहरुको पहिलो निशानामा हुनुहुन्छ। अदालती कारबाहीमा कमरेड प्रचण्डलाई लतार्ने भन्ने भर्खरै प्रकट भएको दुस्साहस लामो समयदेखि तानावाना बुनिएको षड्यन्त्रको एउटा रुपक हो।'

null


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.