हिमाल चढ्न कतारकी राजकुमारी म्याग्दीमा

हिमाल चढ्न कतारकी राजकुमारी म्याग्दीमा
हिमाल आरोहणका लागि नेपाल आएकी कतारकी राजकुमारी आश्मा आल्थानी र कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा (निम्स)लाई सोमबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा स्वागत र सम्मान गरिँदै। सन्तोष गौतम
सुन्नुहोस्

म्याग्दी : कतारकी राजकुमारी आश्मा अल्थानी अन्नपूर्ण प्रथम हिमाल आरोहणका लागि सोमबार म्याग्दी आएकी छन्। ८ हजार ९१ मिटर अग्लो सो हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा अवस्थित छ। इलाइट टे«किङ कम्पनीमार्फत अल्थानीले अन्नपूर्ण हिमाल आरोहण गर्न आएकी हुन्।

काठमाडौंबाट अल्थानीको आरोहण टोलीका सदस्यहरू सिम्रिक एयरको हेलिकप्टरमार्फत अन्नपूर्ण गाउँपालिका–३ दानामा आएका हुन्। ८ हजार मिटर अग्ला विश्वका १४ वटा हिमाल आरोहण गरेर कीर्तिमान बनाएका निर्मल पुर्जा (निम्स) अल्थानीको आरोहण टोलीको नेतृत्व गरेका छन्। ‘हाम्रो टोलीका दुई सदस्य पोखराबाट सडक मार्ग भएर आउँदै हुनुहुन्छ। राजकुमारी र म दुई दिन मेरो जन्मथलो दानामा रहनेछौं,’ पुर्जाले भने ‘बन्दोबन्दीका सामग्रीहरू हेलिकप्टरमार्फत अन्नपूर्ण आधार शिविर पुगिसकेको छ। त्यहाँ पुगेका हाम्रा सहयोगीहरूले तयारी थालिसकेका छन्।’

यही मार्च महिनामा अन्नपूर्ण आरोहण गर्ने टोलीको लक्ष्य छ। राजकुमारी अल्थानीले यसअघि सगरमाथा, धौलागिरी, कञ्चनजंगा, लोहोत्से, आमादम्बा, मनास्लु, केटुलगायतका हिमालहरूको आरोहण गरेकी थिइन्। पेसाले चिकित्सक रहेकी आश्माले कतारको ओलम्पिक कमिटीको पनि नेतृत्व गरेकी थिइन्। कीर्तिमानी आरोही पुर्जा र राजकुमारी अल्थानीलाई दानाका जनप्रतिनिधि र बासिन्दाहरूले भव्य स्वागत गरे।

नागरिक अभिनन्दन् र बाजागाजासहित गाउँ परिक्रमा गराइएको अन्नपूर्ण–३ का वडाध्यक्ष रमेश पुर्जाले बताए। ‘दाना, म्याग्दी र नेपाललाई विश्वमा चिनाउन योगदान गर्नुभएको हुँदा निर्मल पुर्जालाई सम्मान गरेका हौं,’ उनले भने, ‘निर्मल विश्वकै साहसिक युवा हो।’ दानाका इन्द्रसिंह शेरचनले कतारी राजकुमारीको दाना भ्रमण र अन्नपूर्ण हिमाल आरोहणका लागि भएको आगमनले यस क्षेत्रको पर्यटन विकासमा सहयोग पुग्ने बताए। ओझेलमा परेको म्याग्दीको अन्नपूर्ण आधार शिविरको प्रचारप्रसारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सन् १९५० को जुन ३ मा फ्रान्सेली नागरिक मौरिज हर्गोजले ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको चुचुरोमा पहिलो पटक पाइला टेकेका थिए। अन्नपूर्ण नै ८ हजार मिटरभन्दा अग्लो पहिलोपटक आरोहण भएको हिमाल हो। 

नारच्याङका अगुवाहरूले २०६८ मा अन्नपूर्ण हिमाल र आधार शिविर म्याग्दीमा पर्ने तथ्यसहित मिस्ट्री खोलाको किनारै–किनारै आधार शिविर जोड्ने पदमार्ग पहिचान गरेका थिए। फराकिलो फाँट भएकाले दुर्घटनाको कम जोखिम भएको अन्नपूर्ण आधार शिविरमा पुग्न सकिने यो पदमार्ग सबैभन्दा छोटो, रमणीय र सुरक्षित मानिएको छ।

समुन्द्री सतहदेखि ४ हजार पाँच सय मिटर उचाइमा अवस्थित आधार शिविरको प्राकृतिक सौन्दर्ययुक्त दृश्य रमणीय र मनमोहक छ। पदयात्राका क्रममा हिमाल, अग्ला पहाडबाट खसेका झरना, हिमताल र विभिन्न वनस्पति, फूल, चराचुरङ्गी, वन्यजन्तुको पनि अवलोकन गर्न सकिन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.