देश आर्थिक संकटमा छ : सुरेन्द्र पाण्डे

टेण्डर नभएका योजनालाई टेण्डरमा नलगाउन सरकारले निर्देशन दिइसक्यो

देश आर्थिक संकटमा छ : सुरेन्द्र पाण्डे
स्थानीय तहका जनप्रतिनिधिको प्रशिक्षणमूलक बैठकलाई सम्बोधन गर्दै सुरेन्द्र पाण्डे
सुन्नुहोस्

आर्थिक संकटको कारण केन्द्र सरकारले स्थानीय तहलाई पठाउने रकम कटौती गर्न लागेको उनले बताए।

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे देशको आर्थिक अवस्था अझ बिग्रने संकेत देखिएको बताएका छन्। एमाले रामेछापले मंगलबार रामेछापको खाँडादेवी गाउँपालिकामा आयोजना गरेको स्थानीय तहका जनप्रतिनिधिको प्रशिक्षणमूलक बैठकलाई सम्बोधन गर्दै उनले देशको आर्थिक अवस्था निक्कै कमजोर भएको दाबी गरेका छन्। 

उपाध्यक्ष पाण्डेले राजश्व संकलन लक्ष्यअनुसार नभएको र बजेटमा नछुट्याइएको क्षेत्रमा खर्च बढेको कारण आर्थिक अवस्था थप बिग्रिँदै गएको बताए। आर्थिक संकटको कारण केन्द्र सरकारले स्थानीय तहलाई पठाउने रकम कटौती गर्न लागेको उनले बताए। त्यति मात्र होइन टेण्डर नभएका योजनालाई टेण्डरमा नलगाउन सरकारले निर्देशन दिइसकेको उनको भनाई छ। 

पूर्व अर्थमन्त्री पाण्डेले देशमा देखिएको समस्यालाई हेरेर योजना बनाउनु पर्ने बताए। यस वर्ष विदेशको पैसा पनि नआउने उनले बताए। यस वर्ष ५८ अरब विदेशको अनुदान आउने भनेकोमा जम्मा ७ अर्ब रुपैँयामात्र आएको उनको भनाई छ। पाण्डेले भने,‘अनुदानको मात्र  घट्दो छ, ऋण बढ्दो छ, त्यो पनि भने जति आएको छैन।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.