गाउँबस्ती तरकारीमा आत्मनिर्भर बन्दै

गाउँबस्ती तरकारीमा आत्मनिर्भर बन्दै

उदयपुर : उदयपुरको बेलका नगरपालिका-४ की जिरा राईलाई बिहान उठ्ने वित्तिकै आज के तरकारी पकाउने भन्ने सधैं चिन्ता हुन्थ्यो। 

बिहान बेलुका नै तरकारीको छाक टार्न मुस्किल भएपछि श्रीमानको मुख ताक्नुपर्ने उनको बाध्यता थियो। श्रीमानले खटाएर दिएको रकमले कहिलेकाही नपुग्दा गालीसमेत खानु परेको उनको अनुभव छ। 

तर, एक वर्षयता जिराले मासु बाहेकको तरकारी किन्न न श्रीमानको मुख नै ताक्नु परेको छ न बजार नै धाउनु परेको छ। जमिन प्रसस्तै भएपनि प्रविधिको ज्ञान, सिप र मेहनत नगर्दा मासिक तीन हजारको तरकारी किन्दै आएकी राई हिजोआज किन्नुको साटो उल्टै बिक्री गर्ने गर्छिन्। 

घर नजिकको दुई कठ्ठा बाझो जग्गा हिजोआज वर्ष दिन नै हरियो सागसब्जी र तरकारीले भरीपूर्ण छ। एउटै बारीलाई खण्ड-खण्ड बनाएर उनले दश थरीका तरकारी लगाएकी छिन्। 

null

उनको बारीमा धनियाँ, साग, काउली, बन्दा, लौका, फर्सी, टमाटार, प्याज, लसुन, बोडी लगायतका तरकारी बाह्रै महिना हुन्छ। उत्पादित तरकारी बिक्रीबाटै घरखर्च, छोराछोरीको पढाइ खर्च जुटाउने गरेको उनी बताउँछिन्। 

राई भन्छिन्, ‘सामान्य घरखर्च चलाउन, छोराछोरीलाई कपीकलम र बोडिङको फि तिर्न सधै श्रीमानको आश गर्नु पर्दथ्यो त्यो अहिले टरेको छ।' 

त्यसो त छिमेकमा दुई/चार पैसा सरसापट गर्नपनि श्रीमानको मुख ताक्नु नपरेको उनी बताउँछिन्। राई मात्र हैन् सोही ठाउँका २५ परिवारको दैनिकी हिजोआज यस्तै छ। राईकै जस्तै करेसाबारी हराभरा बनाएकी तारा पाण्डे भन्छिन्, ‘टिभीमा तरकारी खेती गरेको देखेको थिए तर व्यवहारमा उतारेको थिइन्, अहिले आफैं सक्षम भएको छु।' 

करेसाबारी देखाउँदै उनले थपिन्, ‘स्वस्थकर खान, दुई/चार पैसाको घरगर्जो टार्न हामी गृहणीलाई ठुलो टेवा पुगेको छ।'

स्थानीय पवित्रामाया निरौला भन्छिन्, ‘खेर गएको पानी सदुपयोग गरेर यतिसम्म गरेका छौ, हामीलाई सिँचाइको ठुलो समस्या छ, सम्बन्धित निकायलाई भनेका छौं, त्यो समाधान भए, तरकारी उत्पादनबाटै सहजै जीविकोपार्जन गर्छौं।' 

बेलका नगरपालिका-४ का जस्तै त्रियुगा नगरपालिका-१५ बाङेकी सितामाया कार्कीको पनि दैनिकी तरकारी खेतीमै बित्ने गरको छ। 

null

झण्डै तीन कठ्ठा जग्गामा विगत तीन वर्षदेखि अर्गानिक तरकारी उत्पादन गरी सदरमुकाम गाईघाटमा बिक्री गर्ने गरेको उनी बताउँछिन्। कार्कीले जस्तै त्यस क्षेत्रका १० वटा समूहका दुई सय ४३ परिवारले तरकारी उत्पादन गर्दै आएका छन्। 

कटारी नगरपालिका-८ ढाप्टारकी कविता कार्की तरकारी बेचेरै वार्षिक ७ लाखसम्म बचत गर्छिन्। दुई वर्षअघिसम्म बजारबाट तरकारी खरिद गर्दै आएकी उनी अहिले आफ्नै करेसाबारीको तरकारीमा आत्मनिर्भर छिन्। 

‘करेसाबारी भएपछि हरियोपरियो खान पाइयो,’ उनी भन्छिन्, ’पहिला-पहिला त कटारी बजारबाट ओइलिएको तरकारी महंगो मूल्यमा किनेर खानुपर्थ्यो, अहिले त्यो खर्चले छोराछोरीको शिक्षा र विविध खर्च धान्ने गरेको छ।’

null

ढाप्टारकै मनमाया तामाङको करेसाबारीमा पनि हरिया सागपात, धनियाँ, खुर्सानी प्रसस्त फलेका छन्। उनको परिवारलाई पनि अहिले तरकारी खान समस्या छैन। 

कविता र मनमाया उदाहरणका पात्र मात्र हुन्। त्यस क्षेत्रका सुनाखरी कृषक समूहमा आवद्ध २९ घरधुरीको करेसाबारीमा अर्गानिक तरकारी फल्ने गरेको छ। गाउँमा सबैले खेर गएको पानी र जमिनको सदुपयोग गर्दै तरकारी खेती सुरु गरेपछि बस्ती नै परिवर्तन भएको छ। 

स्थानीयले उत्पादन गरेको तरकारी बिक्रीका लागि कुनै समस्या नभएको बताएका छन्। उत्पादन गर्न सके बजारको अभाव नभएको किसानको भनाइ छ। 

null

कम फाइदा हुने भएकाले अर्गानिक तरकारी उत्पादन न्यून किसानले लगाउने गरेका छन्। ‘विभिन्न रोगको संक्रमण र भने जस्तो उत्पादन नहुने खतरा पनि अर्गानिक खेतीमा हुने गरेको छ,' स्थानीय फुलमाया बम्जनले भनिन्, ’त्यसैले धेरैजसोले विषादी लगाउँछन र बजारमा पूर्ण अर्गानिक भन्ने गरेका छन्, त्यसलाई चिर्न पनि हामीले गुणस्तरीयतामा कुनै सम्झौता गरेका छैनौं।'

वल्र्ड नेवर्स र हुरेण्डेक उदयपुरको साझेदारीमा नेपाल एकीकृत ग्रामीण विकास परियोजना सञ्चालन भएपछि स्थानीयहरू तरकारी खेतीमा आकर्षित भएका हुन्। 

भोक, गरिबी र रोगविरुद्ध दिगो समाधान खोज्न र स्वस्थकर वातावरण निर्माण गर्न सर्वसाधरणलाई अभिप्रेरित गर्दै समुदायको दक्षता अभिवृद्धि गर्ने उदेश्यकासाथ संस्थाले समूह बनाई कार्यक्रम सुरु गरेको हुरेण्डेकका अध्यक्ष शंकरबहादुर थापाले बताए। 

null

स्थानीयकै लागत सहभागितामा संस्थाले स-साना समस्यामा सहयोग गर्दै आएको उनले बताए। संस्थाले समूहका प्रत्येक सदस्यलाई प्रविधिको ज्ञान सिपका लागि तालिम, बिउ बिजन, भकारो सुधार, गोडसुधार, सुधारिएको करेसावारी, भाँडा सुकाउने चाङ, खेर गएको पानी संकलन, ट्यांकी निर्माणमा सहयोग गरेको कार्यक्रम संयोजक बिनु सुबेदीले बताइन्। 

त्यतिमात्र नभई पशुचौपायाको मलमुत्र संकलन, डाले घाँस नर्सरी, सुधारिएको चुलो, गड्यौला पालन, सामान्य सिँचाइ सुविधामा सहयोग, टनेल निर्माण, उन्नत जातको बोका, लोकल कुखुरा पालन, नश्ल सुधार, बजारीकरण जैविक विषादी, समूहगत कोष स्थापना लगायतका गतिविधिमा सहयोग गरेको उनको भनाइ छ। 

null

उदयपुरको कटारी, त्रियुगा, बेलका नगरपालिका र रौतामाई गाउँपालिकालाई कार्यक्षेत्र बनाएको संस्थाले ४४ वटा समूह गठन गरी कार्यक्रम अघि सारेको सुवेदीले बताइन्। 

‘अर्गानिक उत्पादन र रैथाने उत्पादनमा हाम्रो जोड छ,’ उनले भनिन्, ’पहिलो चरणमा स्थानीयलाई आत्मनिर्भर बनाउने नै हो, त्यसपछि व्यवसायिक बनाउन पनि बल गछौं।’ 
सुवेदीका अनुसार स्थानीयले आफ्नै उत्पादनबाट कम्तिमा अर्गानिक तरकारी, कृषिबाट उत्पादन र सरसफाईमा ध्यान दिन सक्ने बनाउने उद्देश्य रहेको छ।

किसानले कृषि क्षेत्रमा गरेको कामको रेखदेख गर्न पुगेका त्रियुगा नगरपालिकाका मेयर बसन्तकुमार बस्नेतले किसानलाई आत्मनिर्भरमा मात्र सीमित नबनाइ व्यवसायिकतर्फ अग्रसर बनाउन नगरपालिकाले सहयोग गर्ने बताए। उनले बाह्य तरकारी प्रतिस्थापन गर्न साना किसानलाई प्रोत्साहन पुग्ने गरी कार्यक्रम ल्याइने बताए। 

बेलका नगरपालिकाका मेयर अशोक कार्की र उपमेयर जिरा राईले सुख्खाग्रस्त क्षेत्रलाई चाँडै सिँचाइ सुविधा बनाई कृषि क्षेत्रमा लगानी भित्र्याइने बताए। उनीहरूले कृषिसँग सम्बन्धित सबै कार्यक्रम एकीकृत गरी लैजाने बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.