सप्तकोशीमा पौडी खेल्नेक्रममा युवकको मृत्यु

सप्तकोशीमा पौडी खेल्नेक्रममा युवकको मृत्यु
सांकेतिक तस्बिर।
सुन्नुहोस्

उदयपुर : सप्तकोशीमा पौडी खेल्नेक्रममा उदयपुरका एक युवाको मंगलबार मृत्यु भएको छ। बिहान १०:३० बजे कोशीमा पौडी खेल्नेक्रममा बेलका नगरपालिका- ८ बकुन्द्रे नजिकबाट बेपत्ता भएका वडा नम्बर ६ का १७ वर्षीय सुदिप बिष्ट साँझ फेला परेका हुन्। 

वडा नम्बर ४ गुरुङचौरीका जनम गतराजसंगै पौडी खेल्न निस्केका विष्टको कोशीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी राकेश पोदारले बताए। 

कोशीमा बेपत्ता भएको खबर पाएलगत्तै ईलाका प्रहरी कार्यालय रामपुर र सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय ईटहरीबाट खटिएको टोलीले एक सय मिटर तल विष्टको शव फेला परेको उनले बताए। घटनाको थप अनुसन्धान भइरहेको उनले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.