मकवानपुरमा सवारी दुर्घटना २ जनाको मृत्यु

मकवानपुरमा सवारी दुर्घटना २ जनाको मृत्यु
सुन्नुहोस्

मकवानपुर : हेटौंडामा सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा नुवाकोटको ककनी-४ निवासी २८ वर्षीया जीना लामा र हेटौंडा उपमहानगरपालिका-१८ भालुखोलाका १८ वर्षीय अर्जुन भोम्जन रहेका छन्।  

दुर्घटनामा परेर गम्भीर घाइते भएका भोम्जनको उपचारका क्रममा हेटौंडा अस्पतालमा र लामाको चितवनस्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिएका छन्। 

आज बिहान हेटौंडा १७ कठायत चोकमा बा ६४ प ६६६४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आएको बा प्र ०३–०५ प ७११ नम्बरको स्कुटर आपसमा ठोक्किएर दुर्घटना भएको थियो। 

सोही दुर्घटनामा परी मोटरसाइकलमा सवार हेटौंडा-१८ रामधुनीका १६ वर्षीय सुजन घलान र बागमती गाउँपालिका-८ शान्तिपुरकी २४ वर्षीया ललिता थापा मगर घाइते भएको र उनीहरूको हेटौंडा र चितवनस्थित अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.