सुर्खेतमा पिङबाट लडेर महिलाको मृत्यु, दुई जना घाइते

सुर्खेतमा पिङबाट लडेर महिलाको मृत्यु, दुई जना घाइते
सुन्नुहोस्

वीरेन्द्रनगर : सुर्खेतको वीरेन्द्रनगरको सहिद पार्कमा पिङ खेल्ने क्रममा लडेर एक महिलाको मृत्यु भएको छ। 

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगर-४ मा रहेको प्रादेशिक सहिद पार्कभित्र रहेको पिङबाट लडेर दाङको तुलसीपुर उपमहानगरपालिका-६ कि ५० वर्षीया पवीसरा सुनारको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी लक्ष्मण शाहीका अनुसार सुनारको घटनास्थलमै मृत्यु भएको छ। 

पिङ खेलीरहेको अवस्थामा चुडिएर सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ। उनीसँगै पिङ खेलिरहेका वीरेन्द्रनगर-३ कि २६ वर्षीया प्रतिमा गदाल र उनका छोरा दुई वर्षका प्रनिल गदाल घाइते भएका छन्। 

घाइते दुवैको कर्णाली केयर इन्टरनेशनल अस्पतालमा उपचार भइरहेको छ। घाइतेको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ।  

प्रहरीका अनुसार बुधबार बेलुका पाँच बजेतिर पिङ चुँडिएको थियो। सहिद पार्कमा काँक्रेबिहार फन पार्क रिसोर्ट प्रालिले पिङ सञ्चालन गर्दै आएको थियो। 

प्रहरीले फन पार्क सञ्चालक कर्ण मगरलाई पक्राउ गरेको छ। प्रहरीले घटनाका विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ। 

मृतक सुनारको शव प्रदेश अस्पताल सुर्खेतमा राखिएको छ। प्रहरीका अनुसार आफन्तसँग भेटघाटका लागि सुर्खेत आएकी उनी अवलोकनका लागि सहिद पार्क गएको बुझिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.