हवाई उद्धारले सुत्केरीलाई राहत

हवाई उद्धारले सुत्केरीलाई राहत
दुर्गमबाट गर्भवती महिलाको हवाई उद्धार गरिँदै।
सुन्नुहोस्

वीरेन्द्रनगर : गत पुस ३० गते कालिकोटको रास्कोट नगरपालिका–८ की संगीता लुवारलाई अत्याधिक रक्तश्राव भयो। स्थानीय अस्पतालमा उनको उपचार सम्भव भएन। उनलाई तत्काल हेलिकप्टरमार्फत सुर्खेत पठाइयो। गत भदौ ४ गते तिलागुफा नगरपालिका–९ की २१ वर्षीया मैनकला शाहीलाई नेपाली सेनाको हेलिकप्टरद्वारा उद्धार गरियो। 

दुईदिन अगाडिदेखि सुत्केरी व्यथाले थलिएकी मैनकलालाई व्यथा बढ्दै गउकोे र सहज सुत्केरी नभएपछि हेलिकप्टरमार्फत कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइयो। प्रदेश अस्पतालमा उनलाई शल्यक्रियामार्फत सुत्केरी गराइयो। पछिल्लो समय कर्णालीका कालिकोट, हुम्ला, मुगु, जुम्ला, डोल्पा लगायतका विकट जिल्लाहरूमा राष्ट्रपति महिला उत्थान कार्यक्रम हवाई उद्धार सेवा सुरु भएपछि धेरै महिलाहरूले राहत पाएका छन्।

स्थानीय स्तरमा उपचार सम्भव नहुने कर्णालीमा गर्भवती तथा सुत्केरी महिलाहरूको हेलिकप्टरबाट उद्धार हुन थालेपछि महिलाहरूले अकालमा ज्यान गुमाउनबाट केही हदसम्म जोगिन थालेका छन्। २०७६ सालबाट दुर्गमका गर्भवती तथा सुत्केरी महिलाहरूलाई हवाई सेवाबाट निःशुल्क उद्धार गर्ने कार्य थालिएको हो। कर्णाली प्रदेशका ९ जिल्ला, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका समेत केही जिल्लाबाट नेपाली सेनाको हेलिकप्टर मार्फत सुर्खेत बेस बनाएर उद्धार गर्ने कार्य थालेको हो। 

नेपाली सेनाको पश्चिम कमाण्ड पृतना सुर्खेतका सूचना अधिकारी रेनु शाहका अनुसार २०७६ साल यता सेनाले राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत माघ मसान्तसम्म एक सय ९७ महिलाहरूले निःशुल्क हवाई उद्धार सेवा पाएका छन्। जसमा कर्णाली प्रदेशका ९ जिल्लाका मात्र एक सय ३७ जना गर्भवती महिलाहरूले सेवा पाए। राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत गत साउनयता मात्र कर्णाली र सुदुरपश्चिमका गरी ४२ जना गम्भीर अवस्थाका गर्भवती महिलाहरूको हवाइ सेवामार्फत उद्धार भएको छ। स्वास्थ्य सेवा कार्यालय कालिकोटका प्रमुख रत्नवीर सुनारले जटिल अवस्थाका गर्भवती तथा सुत्केरी महिलाहरूको विषयमा प्रशासनसँग समन्वय गरी उद्धार गरिँदै आएको बताए। 

राष्ट्रपति महिला उत्थान कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि २०७३ बनेपछि नेपालमा २०७३ फागुन २४ गतेबाट ३५ जिल्लामा राष्ट्रपति महिला उत्थान कार्यक्रम सञ्चालन भएको हो। यस कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७५-०७६ मा दुर्गम हिमाली तथा पहाडी क्षेत्रमा गर्भवती तथा सुत्केरी हुने अवस्थामा स्वास्थ्य समस्या सिर्जना भई जोखिममा परेका महिलाहरूलाई हवाई उद्धार गरी तोकिएको अस्पतालमा पुगाई गुवास्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने प्रयोजनका लागि दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूका लागि निःशुल्क हवाई उद्धार सेवा कार्यक्रम सञ्चालन गरियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.