राजा र राष्ट्रपतिबीचको फरक कस्तो हुन्छ, म देखाउँछु : रामचन्द्र पौडेल

राजा र राष्ट्रपतिबीचको फरक कस्तो हुन्छ, म देखाउँछु : रामचन्द्र पौडेल
तस्बिर : प्रसान्त वली।
सुन्नुहोस्

काठमाडौं : राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले गणतन्त्रको सुदृढीकरणका लागि आफूले संरक्षकको भूमिका निर्वाह गर्ने बताएका छन्। संसद् भवनमा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै पौडेलले गणतन्त्र स्थापनामा आफूले भूमिका खेलेको र यसको सुदृढीकरणका लागि संरक्षकको भूमिका खेल्ने बताएका हुन्।

पौडेलले भने, ‘राजतन्त्रको राष्ट्राध्यक्ष र गणतन्त्रको राष्ट्राध्यक्ष कस्तो हुन्छ भनेर म देखाउनेछु। केही दिनमै निर्वाचित भएमा तपाईं(पत्रकार)हरुलाई पनि बोलाउने छु।’ पौडेलले आफू राष्ट्रपतिमा निर्वाचित भए सर्वसाधारणले दुःख पाउने गरी कुनै कार्य नगर्ने बताए।

आज राष्ट्रपतिको निर्वाचन हुँदैछ। निर्वाचनमा कांग्रेसका पौडेल र एमालेबाट सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.