पीएनजीविरुद्ध आसिफको आक्रामक अर्धशतक
काठमाडौं : आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलाको पहिलो खेलमा पीएनजीविरुद्ध नेपालका ओपनर ब्याटर आसिफ शेखले अर्धसतक बनाएका छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालका लागि उत्कृष्ट सुरुआत गरेको नेपालका लागि आसिफले ४७ बलमा ५ चौका र २ छक्कासहित १६.२ ओभरमा अर्धशतक पूरा गरे।
एकदिवसीय करिअरमा यो आसिफको आठौं एकदिवसीय अर्धसतक हो। आसिफ अहिले ७५ रन बनाएर खेलिरहेका छन्। आसिफसँगै ज्ञानेन्द्र मल्ल ५ रन बनाएर खेलिरहेका छन्। नेपालले २३.३ ओभरमा दुई विकेट गुमाएर एक सय ३२ रन बनाएको छ।
यो बाहेक तीन खेल खेल्न बाँकी नेपालले शीर्ष तीनमा पर्न सबै खेल जित्नु पर्ने दबाब छ। लिग २ को अन्तिम शृंखलामा यो अन्तिम त्रिदेशीय शृंखला हो।
पीएनजी र नेपालसँगै यूएई पनि सहभागी शृंखला आजदेखि सुरु हुँदैछ। नेपालले यसअघि फेब्रुअरीमा कीर्तिपुरमा भएको शृंखलामा क्लिन स्वीप गरेको थियो। स्कटल्यान्ड र नामिबिया सहभागी शृंखलाका चारै खेलमा नेपालले दोस्रो लक्ष्य पछ्याएको नेपाललले सबै खेलमा टस जितेको थियो।
त्यसपछि यूएई पुगेको नेपालले चारमध्ये तीन खेलमा जित हासिल गरेको थियो। नेपालले एक दिवसीय मान्यता जोगाउन यूएईलाई मात्र पछि पार्न सके पनि पर्याप्त हुनेछ। समान ३२ खेल खेलेको यूएईको ३१ र नेपालको ३२ अंक छ।