राष्ट्रपतिमा निर्वाचित भएपछि हँसिलो मुहारमा रामचन्द्र पौडेल (फोटोफिचर)
पौडेलले प्रधानन्यायाधीशबाट फागुन २८ गते राष्ट्रपतिको पद तथा गोपनीयताको शपथग्रहण गर्नेछन्।
काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएका छन्। बिहीबार भएको मतदानमा आफ्ना प्रतिस्पर्धी नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पराजित गरी पौडेल राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।
मतदानमा पौडेलले ३३ हजार ८०२ र नेम्वाङले १५ हजार ५१८ मतभार प्राप्त गरेको निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी दिए । निर्वाचनमा तीन सय १३ सङ्घीय सांसद र पाँच सय १८ प्रदेशसभा सदस्यले मतदान गरेका थिए ।
पौडेलले प्रधानन्यायाधीशबाट फागुन २८ गते राष्ट्रपतिको पद तथा गोपनीयताको शपथग्रहण गर्नेछन् । शपथग्रहणपश्चात मात्र उनले कार्यभार सम्हाल्न पाउनेछन्। राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेललाई विभिन्न दलका नेताहरुले बधाई दिएका छन्। उनी हँसिलो मुहारमा देखिएका छन्।
तस्बिर : अभिषेक महर्जन