चिनियाँ राष्ट्रपतिमा सी जिनपिङ लगातार तेस्रो कार्यकालको लागि चयन

चिनियाँ राष्ट्रपतिमा सी जिनपिङ लगातार तेस्रो कार्यकालको लागि चयन
फाइल तस्बिर।
सुन्नुहोस्

बेइजिङ : शुक्रबार सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपति बनेका छन्। माओत्सेतुङपछि उनले आफूलाई देशको सबैभन्दा शक्तिशाली नेताका रूपमा स्थापित गरेका छन्। 

चीनको संसद, नेशनल पिपुल्स कंग्रेस (एनपीसी) का झण्डै तीन हजार सदस्यले सर्वसम्मतिले सी जिनपिङको पक्षमा मतदान गरे। ६९ वर्षीय सी जिनपिङको प्रतिस्पर्धामा यो निर्वाचनमा अन्य कुनै उम्मेदवारले भाग लिएका थिएनन् ।  

एक घण्टासम्म चलेको मतदान प्रक्रियाको मतगणना १५ मिनेटमा सकिएको थियो ।

सन् २०१८ मा चीनको संविधानमा परिवर्तन गरेर राष्ट्रपति कति पटक बन्न पाउने भन्ने नियम खारेज गरेका थिए। यस निर्वाचनमा सी जिनपिङको जित निश्चित थियो ।

सोही समयमा नै सन् २०२३ मा सीले तेस्रो पटक सत्तामा रहनका लागि यो परिवर्तन गरेको अनुमान गरिएको थियो ।

सी चिनफिङले सोमबार संसदको वार्षिक अधिवेशनमा सम्बोधन गर्नेछन्। तीन वर्षसम्म चलेको कडा कोभिड नीतिका कारण अहिले चीन आर्थिक संकटको सामना गरिरहेको छ ।

गत हप्ता सी जिनपिङले चीनको आर्थिक संकटका लागि अमेरिका र पश्चिमी देशलाई दोष दिएका थिए।

राष्ट्रपति चुनाव जित्नु धेरै हदसम्म औपचारिकता हो। सी जिनपिङलाई उनको पार्टीले केन्द्रीय सैन्य आयोगको अध्यक्षमा यसअघि नै चयन गरिसकेको छ। उनले चिनियाँ सशस्त्र बलको कमाण्डर-इन-चीफको रूपमा आफ्नो तेस्रो कार्यकाल सुरु गरिसकेका छन्। बीबीसी
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.