राष्ट्रपति भण्डारीसमक्ष राष्ट्रपति निर्वाचनको प्रतिवेदन पेश

राष्ट्रपति भण्डारीसमक्ष राष्ट्रपति निर्वाचनको प्रतिवेदन पेश
सुन्नुहोस्

शुक्रबार प्रमुख निर्वाचन आयुक्त थपलियाले राष्ट्रपतिसमक्ष राष्ट्रपति निर्वाचनको प्रतिवेदन पेश गरेको प्रवक्ता सागर आचार्यले जानकारी दिए।

काठमाडौं : प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रपति निर्वाचनको प्रतिवेदन पेश गरेका छन्। शुक्रबार राष्ट्रपति कार्यालयमा पुगेर प्रमुख निर्वाचन आयुक्त थपलियाले राष्ट्रपति भण्डारीसमक्ष राष्ट्रपति निर्वाचनको प्रतिवेदन पेश गरेको प्रवक्ता सागर आचार्यले जानकारी दिए।

उनका अनुसार नेपालको संविधानको धारा ६२ तथा राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम राष्ट्रपतिको निर्वाचनमा  रामचन्द्र पौडेल नेपालको राष्ट्रपति पदमा निर्वाचित भएको व्यहोराको प्रतिवेदन पेश भएको हो।null

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम आयोगले निर्वाचनको परिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्नुपर्ने  प्रावधान छ।

सत्ता गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेस वरिष्ठ नेता पौडेललाई १० राजनीतिक दलको समर्थन थियो। पौडेलले ३३ हजार ८ सय २ मतभार प्राप्त गरे। उनका प्रतिस्पर्धी एमालेका उपाध्यक्ष सुवास नेम्बाङले १५ हजार ५ सय १८ मतभार प्राप्त गरे। 

राष्ट्रपति चुनावमा संघीय संसद्तर्फ ३ सय १३ सांसद (२४ हजार ७ सय २७ मतभार) ले मतदान गरेका थिए। प्रदेशतर्फ ५ सय १८ (२४ हजार ८ सय ६४ मतभार) सांसदले मत दिएका थिए।

राष्ट्रपति कार्यालयका सचिव प्रवक्ता आचार्य २९ गते पद हस्तान्तरण हुन सक्नछन्। ‘नयाँ निर्वाचित राष्ट्रपतिसँग सल्लाह गरेर मिति तय हुन्छ। निर्वाचन आयोगले औपचारिक रूपमा रामचन्द्र पौडेल नयाँ राष्ट्रपतिमा निर्वाचित भएको भन्ने विवरणसहितको प्रतिवेदन बहालवाला राष्ट्रपति विद्यादेवी भण्डारीलाई दिनुपर्छ। सम्भवतः भोलि पठाउला। अनि, शपथ ग्रहणको कार्यक्रम तय हुन्छ,’ उनले भने।

२८ फागुनसम्म राष्ट्रपति भण्डारीको पदावधि रहेकाले नयाँ राष्ट्रपतिले पदभार ग्रहण गर्ने र निवर्तमान राष्ट्रपतिको बिदाइ हुने आचार्यले बताए। संविधानअनुसार राष्ट्रपतिलाई प्रधानन्यायाधीशले शपथ ग्रहण गराउनेछन्। अहिले प्रधानन्यायाधीश पद रिक्त भएकाले कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले नै राष्ट्रपति पौडेललाई शपथ ग्रहण गराउनेछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.