ठाकुरराम क्याम्पसको आगजनी प्रकरण : पक्राउ परेका विद्यार्थी नेताहरू रिहा

ठाकुरराम क्याम्पसको आगजनी प्रकरण : पक्राउ परेका विद्यार्थी नेताहरू रिहा
सुन्नुहोस्

वीरगन्ज : स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको विषयलाई लिएर वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा शुक्रबार गरिएको आगजनीको घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका विद्यार्थी नेताहरू रिहा भएका छन्। 

निर्वाचन समितिले प्रकाशन गरेको मतदाता नामावलीको विषयलाई लिएर विवाद हुँदा केही विद्यार्थीले शुक्रबार दिउँसो क्याम्पसको विद्यार्थी कल्याण तथा खेलकुद शाखामा आजगजनी गरेका थिए। 

उक्त घटनामा संलग्न रहेको आशंकामा प्रहरीले नेकपा एकीकृत समाजवादी निकटको अनेरास्ववियुका नेता सुजित गिरी, नेकपा एमाले निकट नेपाल खेलकुद महासंघ ठाकुर राम क्याम्पस इन्चार्ज मनिष चौहान र अनेरास्ववियु क्रान्तिकारीका विद्यार्थी नेता शिवम साहलाई नियन्त्रणमा लिएको थियो।

प्रहरीले नियन्त्रणमा लिएका तीनै जना विद्यार्थी नेतालाई शुक्रबार नै साँझ रिहा गरेको हो। 
क्याम्पस प्रमुख डाक्टर उमेश चौरसियाले क्याम्पसको आन्तरिक विवाद आफैं सुल्झाउने भनेपछि तीनै जना विद्यार्थीलाई चौरसियाको जिम्मा लगाएर पठाइएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरिले बताए। 

निर्वाचन समितिले फागुन २१ मा प्रकाशन गरेको मतदाता नामावलीको विषयलाई लिएर भएको विवादका क्रममा विद्यार्थीहरुले शुक्रबार क्याम्पसको विद्यार्थी कल्याण तथा खेलकुद शाखामा आगजनी गरेका थिए। 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.