एमालेसँग एक्लै लड्न कसैले सक्दैन : ओली

एमालेसँग एक्लै लड्न कसैले सक्दैन : ओली
सुन्नुहोस्

ओलीले एमालेसँग एक्लै लड्ने साहस नभएरै १० दलीय गठबन्धन भएको बताएका हुन्।

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग एक्लै लड्न कसैले पनि नसक्ने बताएका छन्। शनिबार पार्टी कार्यालय ललितपुरमा अखिल नेपाल महिला संघको विस्तारित बैठकलाई सम्बोधन गर्दै ओलीले एमालेसँग एक्लै लड्ने साहस नभएरै १० दलीय गठबन्धन भएको बताएका हुन्। 

‘हामीले अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाएपछि ९ दल डराएर १० दल बनाए।’ उनले भने ‘१० दल १० तिर फर्केका छन्। एमालेले यताबाट आक्रमण गर्छ कि उताबाट आक्रमण गर्छ कि भन्ने डर उनीहरुलाई छ। एमालेसँग एक्लै लड्न सक्दैनन्। ’

कानून छलेर राज्यका हरेक निकायमा महिलालाई पछाडी पार्ने काम सत्तारुढ गठनबन्धनले गरेको उनको भनाई छ। उनले राष्ट्रपति र उपराष्ट्रपतिमध्ये एक महिला हुनुपर्छ भन्ने संवैधानिक व्यवस्था देखिएकाले यसै अनुसार अघि बढ्नुपर्नेमा जोड दिए।

वामपन्थी राष्ट्रपति हुनुहुँदैन भनेर प्रचण्ड हिँडेको बताउँदै ओलीले कम्युनिस्टको नाममा प्रचण्ड दक्षिणपन्थी बनेको टिप्पणी गरे। ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री माग्दा दिएको र माधव नेपालले पनि राष्ट्रपति मागेपछि एमालेमा आउन भनेपछि नेपालले अस्वीकार गरेको खुलासा गरे। 



प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.