साउदी–इरान सम्बन्ध पुनःस्थापना

साउदी–इरान सम्बन्ध पुनःस्थापना
फाइल तस्बिर।
सुन्नुहोस्

रियाद (एएफपी) : इरानसँग सम्बन्ध पुनःस्थापना गर्ने साउदी अरबको आश्चर्यजनक कदमले इजरायलसँगको उसको नाजुक कूटनीतिक ‘नृत्य’मा नयाँ जटिल तह थपेको विश्लेषकले बताएका छन्।  

रियाद र तेहरानले सात वर्ष लामो सम्बन्ध विच्छेदपछि दुई महिनाभित्र दूतावास र नियोगहरू खोल्ने घोषणा गरेका छन्।  २० वर्षअघि भएका सुरक्षा तथा आर्थिक सहयोग सम्झौता कार्यान्वयन गर्ने घोषणा पनि उनीहरूले गरेका छन्।  

चीनको मध्यस्थतामा भएको यो सम्झौताले इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको चर्को आलोचना गरेको छ।  यसले इरानविरुद्ध क्षेत्रीय गठबन्धनको एक भागका रूपमा साउदीलाई मार्गमा ल्याउन आफ्नो ध्यान केन्द्रित गरेको स्पष्ट पारेका छन्।     इजरायली विपक्षी नेता याइर लापिडले सम्झौताले इजरायली सरकारको ‘पूर्ण र खतरनाक विदेश नीति’ र विफलताको प्रतिनिधित्व गरेको बताएका छन्।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.