देशका लागि चाहिएको मान्छे

देशका लागि चाहिएको मान्छे

अत: देशको मुहार फेर्न नयाँ सोच र विचार भएकालाई जिम्मेवारी दिउँ।  अरूले त होस्टेमा हैंसे गर्ने न हो।

भूगोलले १ लाख ४७ हजार १ सय ८१ वर्गकिलोमिटर भएको देश हो, नेपाल।  पहिचान, सामाथ्र्य, इतिहास र वीरगोर्खालीका सन्तानका कारण चिनिएको देश, नेपाल।  विश्वको सम्पदा सूचीमा २१ वटा वस्तु सूचीकृत भई इतिहास रचेर परिचित भएको देश पनि हो, नेपाल।  हजारौं सम्भावनाले युक्त देश नेपाल।  विश्वको कुनै पनि शक्तिले हल्लाउन नसक्ने मुलुक पनि। 

आज विचार र विवेकहीन शक्तिहरू राज्यको मूलधारमा आउँदा देशको यो वेहाल हँुदैछ।  न त कुनै योजना छ, न कुनै पहिचान स्थापना गर्न सकिन्छ।  सम्पन्न संघ र प्रदेशको चुनावले त्यही जनादेश दियो।  खासै फरक पर्ने र नयाँ शक्ति आउन सकेन।  अबको यो खिचडी राजनीतिले राज्यको बागडोर कता जाने हो ? के हुने होे ? अन्योल थपिदिएको छ।  उत्तिकै जोखिम पनि बढाएको छ।  कहीँ कतै मध्यवधि चुनाव हुने हो कि ? शंका र डर छ।  यसो गर्नाले कति धेरै भुरेटाकुरेले रजगज गरी राज्यको ढुकुटीको दोहन हुने हो ? र, नागरिकले कतिन्जेल सहेर बस्नुपर्ने हो ?

अबका दिनमा कसरी अघि बढ्ने, के गर्ने भन्ने बारेमा यत्तिका महिना बित्दासम्म कुनै खाका आउन सकेको छैन।  सरकारले पूर्णता पाएपछि आउँछ कि आउँदैन त्यो भने हेर्न बाँकी छ।  यो देशको विकासको मोडेल न विकासविज्ञले कोर्न सकेका छन्, न राज्यका कुनै निकायले ? सबै आआफ्नो दाउमा छन्।  के पाउन सकिन्छ ? कसरी पाउन सकिन्छ ? आउँदो पिँढीका लागि सोच्नुपर्ने बेला हो। 

देशको मुहार फेर्न धेरैको आवश्यकता नै पर्दैन।  एक व्यक्तिले देशको मुहार फेरेका र विश्व उदयमान गराएका दर्जनौं उदाहरण छन्।  नेल्सन मण्डेलाको तपस्या र उनले गरेका योगदानकै कारणले हजारौं वर्षदेखि जकडिएको दक्षिण अफ्रिकामा विभेद अन्त्य भयो।  त्यसले दक्षिण अफ्रिकाको अँध्यारो हट्यो।  समाज रूपान्तरणमा निकै ठूलो फट्को मा¥यो र विश्व व्यापारको केन्द्रबिन्दु बन्यो।  जनतामा सहजता आयो।  उनकै विचारले सिंगो विश्वले शिक्षा नैतिकता, इमानदारिता र आत्मविश्वासको शिक्षा सिक्यो। 

देशलाई कसरी अगाडि बढाउने ? के गर्दा देशको मुहार फेर्न सकिन्छ ? कहाँ छ स्रोत ? कहाँ छ शक्ति ? कहाँ छ सीप ? कहाँ छ ज्ञान ? कहाँ छ प्रविधि ? कहाँ छ कला ? पत्ताा लगाई त्यसको अध्ययन गर्न अबेर भइसक्यो।

नेपाली नेताको अवस्था हेर्दा के होला ? कसो होला ? चिन्ता छ।  सिटामोल र सियो नबन्ने देशमा यति धेरै जम्बो संसद् किन ? संसद् सचिवालयको तथ्यांकनुसार राष्ट्रियसभामा ५९ जना छन्।  संघमा प्रत्यक्ष र सामानुपातिक गरी २ सय ७५ जना छन्।  प्रदेश प्रत्यक्ष र समानुपातिक ५ सय ५० छन्।  यिनीहरूको मासिक खर्चको मात्र हिसाब गर्ने हो भने संघमा ५३ करोड ६ लाख २५ हजार र प्रदेशमा ४४ करोड रुपैयाँ राज्यको ढुकुटीबाट दोहन हुँदोरहेछ।  यिनीहरूको तलब भत्तामा मात्र वार्षिक १२ अर्ब अढाइ करोड १४ लाख खर्च हुँदोरहेछ।  यति मात्र होइन, संसद् विकास कोषमा पनि उत्तिकै ठूलो धनराशिको खर्च भएको देखिन्छ।  तर, गाउँको अवस्था हर्ने हो भने उस्तै छ।  विकासको गति धिमा छ।  गरिब र धनीबीचको खाडल निकै फराकिलो हँुदै गएको छ।  कसरी मितव्ययी बन्ने भन्नेमा कसैको चासो छैन। 

सन् १८४८ ताका स्विट्जरल्यान्डको संसद्ले चारवटा पक्षमा निर्णय गप्यो।  त्यसमा औद्योगिकीकरण, प्रकृतिद्वारा प्राप्त वस्तुको उपयोग, ब्याकिङमा अर्थ व्यवस्थापन र क्षमतानुसार जनशक्तिको सही प्रयोग।  त्यसले २५ वर्षमा कायापलट भयो मुलुक।  त्यही संसद्कै कारण त्यस देशले उदयमानको इतिहास रच्यो।  पहिला स्विट्जरल्यान्ड पनि नेपालजस्तै विकासोन्मुख थियो।  त्यस देशमा लगानी गर्न कसैले मान्दैनथे।  जब यस्तो योजना सार्वजनिक गरे।  देशलाई माथि उठाउन उनीहरूले विकासको रोडम्यापलाई चार अवधिमा सार्वजनिक गरे– अल्पावधि, मध्यावधि, दीर्घकालीन र बहुपक्षीय।  त्यसलाई लागू गर्न यस्तो रणनीति तयार पारे। 

त्यो रणनीति हो, समय छैन लाग।  जो जहाँ छांै, त्यहीँबाट उठ, सुतेका ब्युँझ र ब्यँुझिएका हिँड र हिँडेका दौड।  यी रणनिति लागू गर्न एकद्धार प्रणालीमा जोड दिए।  रातदिन खटिए र खटाउन लगाए।  त्यसपछि उदयमान विश्वमा स्विट्जरल्यान्डलाई स्थापित गरे।  जसको कारणले आज स्विट्जरल्यान्ड विश्व धनाढ्यको रोजाइमा पर्न सफल भयो।  विश्वको पर्यटकीय गन्तव्य बन्यो।  सुरक्षाको प्रत्याभूति दिने देश बन्यो।  अर्थको महासागर उपार्जनको केन्द्रबिन्दु बन्न पुग्यो।  नेपाली समाजको रूपान्तरण र परिवर्तनका लागि नेपाली नेताले हालसम्म किन यसो गर्न नसकेका होलान् ? प्रश्न चिह्न उत्तिकै खदिलो र सोचनीय छ।  मास्टाका टेकासुरु फादर अफ हुस्की भनेर चिनिन्छन्।  सन् १९१८ तिर एक युवा जापानिजले हुस्कीको व्यापार सुरु गरे।  उनकै सिंगो विचारले जापानमा रोजगारको मूल फुटेको थियो।  जब उनले त्यो व्यापार सुरु गरे।  अनि एउटा सुत्र बनाए, डु ओर डाई : डन्ट आक्स ह्वाई।  त्यो सुत्रले उनमा हरेक दिन जोश थप्यो।  मनमा विकासको ज्वाला दन्कियो।  केही गर्न बाध्य बनायो।  फलस्वरूप उनले त्यस्तो योजनामार्फत एक दशकभित्र व्यापारलाई विश्वमा स्थापित गरे।  त्यही योजनाकै कारणले जापानमा हजारांै रोजगारी सिर्जना भयो।  उत्पादनमा वृद्धि र फट्को मा¥यो।  आज विश्व बजारमा परिचित भयो।  विकासले शिखर चुम्यो।  नेपालमा उत्तिकै सम्भावना छ।  यी किन योजनामा परेका छैनन्।  वा पारिँदैनन्।  पारिए भने कार्यान्वयनमा आउँदैनन्।  विकास विद्का 

योजना के छन् ? राज्यको मूलनीति के हो ? प्रष्ट छैन।  कहाँ गर्ने ? के गर्ने ? नीति र रणनीति स्पष्ट छैन। 

पिटर अफ दी ग्रेयट्सको कारणले रसिया विश्वमा शक्तिशाली भयो।  उनको त्यो महान् योजना हिजोको पहिचान, आजको युग र भोलिको आत्मसम्मानलाई मध्यनजरमा राखी बनाएको त्यो योजना उत्तिकै सान्दर्भिक र गर्विलो भयो।  त्यो महान् कार्यले नै आजको रसिया उदयमान भएको छ।  हामीले पनि त्यसका निम्ति लाग्ने हो कि ? योजना बनाउने हो कि ? सबैलाई एउटै मालामा गाँसी लामबद्ध बनाएर देशको मुहार फेर्न हातेमालो गर्ने कि ? कि बोलेर वा कटाक्ष गरेर मात्र आउँदो पिँढीलाई गन्तव्यहीन बनाउने ?

देशलाई कसरी अगाडि बढाउने ? के गर्दा देशको मुहार फेर्न सकिन्छ ? कहाँ छ स्रोत ? कहाँ छ शक्ति ? कहाँ छ सीप ? कहाँ छ ज्ञान ? कहाँ छ प्रविधि ? कहाँ छ कला ? पत्ता लगाई त्यसको अध्ययन गर्न अबेर भइसक्यो।  महान् देश बनाउन योजनाका खाकालाई आत्मसात गरी अघि बढेकै कारण ओटोहानले विशाल जर्मनीलाई शक्तिशाली बनाउन सफल भए।  जहाँ आजको जर्मनको पहिचान छ।  विश्व शक्तिशाली देशहरू शिर निहुराउँछन्।  अनि त विश्वलाई छुट्टै प्रकारको शिक्षा दिन सफल भएको छ जर्मनी। 

कोलोम्बसले अमेरिका पुगेपछि यो देशलाई कसरी महान् बनाउने भन्ने कुरामा सोच विचार गरे।  अमेरिकाको विकास योजना यसरी नै बनाएको इतिहास छ।  त्यसका लागि हरेक अमेरिकन जो सत्तामा पुग्छन्, उनीहरू पहिलो मभन्दा पनि देश भन्ने विचार गर्छन्।  त्यसैको खातिर जर्ज वासिंटनको पहलमा अमेरिका संयुक्त भयो।  उनकै महान् योगदानले आजको अमेरिका विश्व शक्तिको रूपमा उदय भएको हो।  हरेक अमेरिकनले आफू त्यो देशको नागरिक हुनुमा गर्व गर्छन्।  त्योभन्दा लामो र गर्विलो इतिहास बोकेको नेपाल र नेपाली हामी कहाँ छौं ? तुलना गर्न सकिँदैन।  अत: देशको मुहार फेर्न नयाँ सोच र विचार भएकालाई जिम्मेवारी दिउँ।  उनीहरूलाई एक बाटो एक माटो, एक उद्देश्यमा लाग्न जो जहाँबाट सकिन्छ सहयोग गरौं।  सबैको साथ र एकको विचारलाई मात्र सबैले आत्मसात गर्न सकेको खण्डमा यस धर्तीमा असम्भव भन्ने केही छैन।  त्यसैले कटाक्ष गर्ने काममा भन्दा उत्पादन र सिर्जनाशीलताका लागि समय दिउँ।  त्यही नै राज्यका लागि भलो हुनेछ।  त्यसका लागि एकजना मात्र भए पुग्छ।  अरूले त होस्टेमा हैंसे गर्ने न हो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.