नेपाल फर्काइन दिन हारगुहार

रोजगारीका लागि साउदी पुगेका ९ नेपाली युवा दुई महिनादेखि अलपत्र

नेपाल फर्काइन दिन हारगुहार

रोजगारीका लागि साउदी पुगेका ९ नेपाली युवा दुई महिनादेखि अलपत्र
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

झापा : वैदेशिक रोजगारीका लागि खाडी मुलुक साउदी अरब गएका नौ नेपाली युवक दुई महिनादेखि अलपत्र अवस्था रहेका छन् ।  एक वर्षअघि साउदी पुगेका उनीहरूलाई कम्पनीले कामबाट निकालेपछि पाँच दिनदेखि एउटै कोठामा बन्दी भएर बस्न बाध्य भएका छन् । 

साउदीमा अलपत्र पर्नेहरूमा झापा मेचीनगर ५ का सुनिल कटुवाल,मकवानपुर हेटौडाका दिलबहादुर भोलन, कञ्चनपुर पुनरबास ९ का देवबहादुर लोहार, मोरङ अमरदहका विजय थापा, लमजुङ बाहुनडाडा ४ का धनबहादुर भुजेल, बारा आदासपुत्वाल ४ का जाबेत हुसेन, दाङ लमहीका ५ लेलिनप्रकाश रावत र दोलखाका जपे २ का विकेन्द्र थापा रहेका छन् । 

हाउस किपिङ भिषामा काम लगाइदिने भन्दै इन्सपायर इन्टरनेशनल म्यानपावर काठमाडौंले साउदी पुर्‍याए पनि उनीहरूलाई होटेल र प्लाइ उद्योगमा काम लगाइएको थियो । उनीहरूले काम गर्ने कम्पनीले समयमा पैसा नदिने र पैसा माग्दा काम छाडेर जाने धम्की दिँदै आएको थियो ।  कार्यरत कम्पनीले निकालेपछि स्वदेश फर्काइदिन उनीहरूले सरकारसँग हारगुहार गरिरहेका छन् । 

म्यानपावरले हाउस किपिङ कामको आश्वासन देखाउँदै उनीहरूसँग जनही १ लाख १५ हजार देखि डेढ लाखसम्म रकम लिएको पीडितहरू बताउँछन् ।  

हामी अहिले जीवन र मृत्युको दोसाँधमा रहेको बताउँदै साउदीबाट सुनिल कटुवालले भिडियो कलमार्फत गुहार गर्दै भने– ‘दुई दिनभित्र कोठा छोडेर नगए हामीलाई मार्ने धम्की दिएको छ ।’ यो अवस्थामा हामी कहाँ जाने गोजीमा पैसा पनि छैन । ‘अलि अलि भएको रकम पनि सकिसक्यो, अब हामी स्वदेश फर्कन चाहन्छौँ,'उनले भने ।  

केहीदिन सुनिलले आफूहरू अलपत्र परेको विषयलाई सामाजिक सञ्जालमा पोस्ट गर्दा कम्पनीका म्यानेजर महमदले उनीहरू बसेको कोठामै पुगेर कुटपिट गर्दै मार्ने धम्की समेत दिएको उनले बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.