नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले त्यागे कांग्रेस

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले त्यागे कांग्रेस
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल नेपाली कांग्रेसबाट अलग भएका छन् । पौडेलले आइतबार कांग्रेसबाट अलग भएको जानकारी कांग्रेस केन्द्रीय कार्यालयलाई गराएका छन् । पौडेलले आफू राष्ट्रपतिमा निर्वाचित भएपछि पार्टी सदस्यबाट अलग भएको जानकारी गराएका हुन् ।

पौडेल फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका हुन् । नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्बाङलाई पराजित गर्दै पौडेल राष्ट्रपतिमा निर्वाचित भएका हुन्।

राष्ट्रपतिमा निर्वाचित भएपछि पार्टी सदस्य रहन नमिल्ने कानुनी व्यवस्था छ । गत मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा पौडेल तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.