संसदीय दलको नेतामा पराजित भएँ, मन्त्री बन्ने चाहना छैन : गगन थापा (भिडियो)


महामन्त्री थापाले अबको पाँच महिनामा हरेक नागरिकलाई सरकारले कामको अनुभुति जनतालाई गराउन नसके गठबन्धनको कुनै अर्थ नरहने टिप्पणी गरे।

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले छिटोभन्दा छिटो मन्त्रीपरिषद् विस्तार गरेर सरकार आफ्नो गन्तव्यतर्फ अघि बढ्नुपर्ने बताएका छन्। आइतबार काठमाडौंमा आयोजित वर्तमान सरकारको अबको आर्थिक प्राथमिकता विषायक कार्यक्रममा थापाले राजनीतिक अलमलमा समय खेर फाल्ने समय वर्तमान सरकारलाई नरहेको स्पष्ट पारेका हुन्।

 उनले आफू प्रधानमन्त्री बन्नका लागि पार्टीको संसदीय दलको नेतामा उठेको र पराजित भइसकेको अवस्थामा मन्त्री बन्ने चाहना नभएको बताए। थापाले आफू सांसदको रुपमा जनताको सेवा गर्ने धारणा राखे। 

महामन्त्री थापाले अबको पाँच महिनामा हरेक नागरिकलाई सरकारले कामको अनुभुति जनतालाई गराउन नसके गठबन्धनको कुनै अर्थ नरहने टिप्पणी गरे। थापाले प्रधानमन्त्री अर्थतन्त्रप्रति बढी चिन्तित हुनुपर्ने भन्दै अर्थतन्त्र सुधारलाई प्राथमिकतामा राख्नुपर्ने बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.