सिन्धुलीको बस दुर्घटना अपडेट : मृतक ६ जनाको सनाखत, ३० जना घाइते

सिन्धुलीको बस दुर्घटना अपडेट : मृतक ६ जनाको सनाखत, ३० जना घाइते
सुन्नुहोस्

आठ जनालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं लगिएको छ।

सिन्धुली : मध्यपहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीको फिक्कल गाउँपाालिका–४ कुहिभीरमा आइतबार भएको यात्रुबाहक बस दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक चिरन्जीवी दाहालका अनुसार ओखलढुंगाको रुम्जाटारबाट काठमाडौंका लागि छुटेको बा २ ख ६५९६ नम्बरको बस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको हो। मृत्यु हुनेमा तीन पुरुष, दुई महिला र एक बालक रहेका छन्।

दुर्घटनामा३० जना घाइते भएका छन्। घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरी प्रवक्ता दाहालको भनाई छ। दाहालका अनुसार दुर्घटनामा बसका सहचालक मानेभन्ज्याङ गाउँपालिका -६ ओखलढुङ्गाका २४ वर्षीय देवबहादुर सार्की, सिद्धिचरण नगरापालिका- ३ ओखलढुङ्गाका ३२ वर्षीय पेशल भुजेल र उदयपुर कटारी नगरपाालिका- २ की ३५ वर्षीय कुमारी क्याप्छाकी मगर, ओखलढुंगा सिद्धिचरण नगरपालिका- ५ की जोशना राई, ओखलढुङ्गा चिसंखगुढी गाउँपालिका-४का संन्जित राई र ओखलढुंगा सिद्धिचरण नगरपालिका -५ की राधा भुजेलको मृत्यु भएको हो।

बस दुर्घटनाका गम्भीर घाइतेसहित ८ जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत थप उपचारका लागि काठमाडौं लगिएको छ। तनहुँ भिमाद- २ घरभई नेपाली सेनाको ओखलढुङ्गा ब्यारेकमा कार्यरत ३४ वर्षीय राजेश राना,  बर्दिया नगरपालिका- ५ बार जिल्ला घरभई नेपाली सेनामा कार्यरत ३४ वर्षीया निरु चौधरीसहित आठ जनालाई खुर्कोटको सुनकोसी सामुदायिक अस्पताल र शुभजीवन अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं लगिएको हो। 

बसका चालक तामाङसहित १६ जना घाइतेलाई सिन्धुलीको खुर्कोटस्थित विभिन्न स्वास्थ्य संस्थामा प्राथमिक उपचार गरी थप उपचारका लागि धुलिखेल र काठमाडौं पठाइएको छ। अन्यको स्थानीयस्तरका स्वास्थ्य संस्थामा उपचार भईरहेको छ।

बसमा ३६ जना सवार थिए। तीव्र गतिमा रहेको बस अनियन्त्रित भइ भित्तामा ठोक्किएर दुर्घटना भएको थियो। बस दुर्घटनाका घाइतेहरुको उद्धारमा ढिलाइ भएको भन्दै घाइतेका आफन्त र स्थानीय आइतबार दिँउसो केहीबेर खुर्कोटमा बीपी राजमार्ग अवरुद्धसमेत गरेका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.