पूर्वी कङ्गोमा आक्रमण, १९ जनाको मृत्यु

पूर्वी कङ्गोमा आक्रमण, १९ जनाको मृत्यु
तस्बिर : एजेन्सी
सुन्नुहोस्

दशकौंदेखि बेनी क्षेत्रमा सक्रिय एडीएफ विद्रोहीले सर्वसाधारणमाथि आक्रमण गर्दै आएका छन्।

कङ्गो : पूर्वी प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) मा रातभर भएको सशस्त्र झडपमा परी कम्तीमा १९ जनाको मृत्यु भएको स्थानीय स्रोतले आइतबार जनाएको छ।

उत्तरी किवुका पूर्व गभर्नर कार्ली जान्जु कासिभिताले आइतबार बिहान पत्रकारहरूलाई बताएअनुसार उत्तरी किवु प्रान्तको बेनीको इलाकामा पर्ने किरिन्दरा गाउँमा भएको सशस्त्र झडपमा कम्तीमा १९ जना सर्वसाधारणको मृत्यु भएको थियो।

विद्रोहीले एक स्वास्थ्य केन्द्रसहित गाउँका कैयौँ भवनमा आगजनी गरेको उनले बताए। बेनी क्षेत्रका दुई गाउँमा बिहीबार एडीएफ विद्रोहीले गरेको अर्को आक्रमणमा कम्तीमा ४४ जनाको मृत्यु भएको थियो। एडीएफको स्थापना सन् १९९० को दशकमा युगाण्डाका विभिन्न विपक्षी आन्दोलनहरूले गरेका थिए।

युगान्डाको सेनाद्वारा पराजित यी विद्रोहीहरू पूर्वी डीआरसीमा सक्रिय रहे, जसले गर्दा डीआरसी र युगान्डाबीच एडीएफ विद्रोहीहरूको खोजी गर्न संयुक्त कारबाही भएको थियो। उनीहरू अहिले मध्य अफ्रिकामा इस्लामिक स्टेटको सहयोगी पनि हुन्। दशकौंदेखि बेनी क्षेत्रमा सक्रिय एडीएफ विद्रोहीले सर्वसाधारणमाथि आक्रमण गर्दै आएका छन्। - रासस/सिन्ह्वा 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.