बस भित्तामा ठोकियो, ६ को मृत्यु, ३० घाइते

बस भित्तामा ठोकियो, ६ को मृत्यु, ३० घाइते
फाइल तस्बिर।
सुन्नुहोस्

३६ यात्रु चढेको बा २ ख ६५९६ नम्बरको बस ओखलढुंगा रुम्जाटारबाट काठमाडौंका लागि छुटेको थियो। तीव्र गतिमा रहेको बस अनियन्त्रित भई भित्तामा ठोकिएर दुर्घटना भएको निष्कर्ष प्रहरीले निकालेको छ।

सिन्धुली : मध्यपहाडी लोकमार्गअन्तर्गत फिक्कल गाउँपालिका–४ कुहिभीरमा आइतबार बस भित्तामा ठोकिँदा ६ जनाको ज्यान गएको छ। ३० जना घाइते भएका छन्। तीमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता चिरन्जीवी दाहालले बताए। 

उनका अनुसार मृत्यु हुनेमा बसका सहचालक २४ वर्षीय देवबहादुर सार्कीसहित ३२ वर्षीय पेशल भुजेल, ३५ वर्षीया कुमारी क्याप्छाकी मगर, वर्ष ३२ की जोशना राई, वर्ष २५ का सन्जित राई र वर्ष ४० की राधा भुजेल छन्। देवबहादुर ओखलढुंगा मानेभन्ज्याङ गाउँपालिका–६, पेसल सिद्धिचरण नगरपालिका–३, जोशना सिद्धिचरण नगरपालिका–५, सन्जित चिसंखुगढी गाउँपालिका–४, राधा सिद्धिचरण नगरपालिका–५ र कुमारी उदयपुर कटारी नगरपाालिका–२ की हुन्।

उनीहरूसहित ३६ यात्रु चढेको बा २ ख ६५९६ नम्बरको बस ओखलढुंगा रुम्जाटारबाट काठमाडौंका लागि छुटेको थियो। तीव्र गतिमा रहेको बस अनियन्त्रित भई भित्तामा ठोकिएर दुर्घटना भएको निष्कर्ष प्रहरीले निकालेको छ।

दुर्घटनाका गम्भीर घाइतेसहित आठ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौं लगिएको छ। जसमा तनहुँ भिमाद २ घर भई नेपाली सेनाको ओखलढुंगाा ब्यारेकमा कार्यरत वर्ष ३४ का राजेश राना, बर्दिया नगरपालिका–५ घर भई नेपाली सेनामा कार्यरत वर्ष ३४ की निरु चौधरीलगायत छन्। उनीहरूको प्राथमिक उपचार खुर्काेटको सुनकोसी सामुदायिक अस्पताल र शुभजीवन अस्पतालमा गरिएको थियो। चालकसहित १६ घाइतेलाई खुर्कोटका विभिन्न स्वास्थ्य संस्थामा प्राथमिक उपचार गरि लागि धुलीखेल र काठमाण्डौं पठाइएको छ। अन्यको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.