युक्रेन युद्धले युरोपमा हतियार आयात दोब्बर

युक्रेन युद्धले युरोपमा हतियार आयात दोब्बर
फाइल तस्बिर।
सुन्नुहोस्

स्टकहोम (एएफपी) : विश्वको तेस्रो ठूलो गन्तव्य बनेको युक्रेनमा ठूलो परिमाणमा हतियार ढुवानी भएपछि सन् २०२२ मा युरोपमा हतियार आयात झन्डै दोब्बर भएको छ। 

स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युट (सिप्री) को प्रतिवेदनअनुसार पोल्यान्ड र नर्वेलगायत युरोपेली मुलुकले सैन्य खर्च बढाएका कारण आयातमा पनि वृद्धि भएको हो। आयातदर अझै बढ्ने प्रक्षेपण गरिएको छ।     

‘आक्रमणका कारण युरोपमा हतियारको मागमा उल्लेखनीय वृद्धि भएको छ। जसले थप प्रभाव पार्नेछ र सम्भवतः युरोपेली देशहरूले हतियारको आयातमा थप वृद्धि गर्नेछन्’, एसआईपीआरआईका वरिष्ठ अनुसन्धाता पिटर वेजेम्यानले भने।     

गत वर्षसम्म हतियारको आयातकर्ताको हिसाबले युक्रेन नगण्य अवस्थामा थियो। रूसको आक्रमणपछि पश्चिमा राष्ट्रहरूले युक्रेनलाई हतियार वितरण र आपूर्ति गरेका कारण सन् २०२२ मा यो कतार र भारतपछि विश्वको तेस्रो ठूलो हतियार गन्तव्य बनेको थियो।     

सिप्रीको तथ्यांकअनुसार युक्रेनले मात्र युरोपमा ३१ प्रतिशत हतियार स्थानान्तरण गरेको छ। विश्वमा आठ प्रतिशत हतियार वितरण गरेको छ।     

आयात र सहयोगसहित युक्रेनको हतियार आपूर्तिमा गत वर्ष ६० गुणाभन्दा बढीले वृद्धि भएको इन्स्टिच्युटले जनाएको छ। युक्रेनमा भएका हतियार आपूर्ति मुख्यतया भण्डारबाट उठाइएका हतियार थिए। 

तीमध्ये अमेरिकाका करिब २३० तोपहरू थिए। २८० पोलिश बख्तरबन्द वाहन र सात हजारभन्दा बढी ब्रिटिश एन्टी–ट्यांक मिसाइल साथै एन्टी–एयरक्राफ्ट सिस्टम जस्ता नयाँ निर्मित हतियार थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.