कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै
सुन्नुहोस्

उपराष्ट्रपति निर्वाचन, चितवन र तनहुँमा हुने उपनिर्वाचन लगायतका विषयमा छलफल हुनेछ।

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ। बुधबार बिहान ११ बजेलाई केन्द्रीय कार्यसम्पादन समितिको बैठक पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। 

पार्टीको केन्द्रीय कार्यालय, ललितपुरमा बस्ने बैठकमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछिको अवस्थाको समीक्षासँगै सरकारमा आफ्नो सहभागिताबारे छलफल हुने बताइएको छ। 

त्यस्तै उपराष्ट्रपति निर्वाचन, चितवन र तनहुँमा हुने उपनिर्वाचन लगायतका विषयमा छलफल हुनेछ। बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई बोलाइएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.