सी चिनफिङले राष्ट्रपति पौडेललाई बधाई दिंदै भने : बीआरआईमा सहकार्य गरौं

सी चिनफिङले राष्ट्रपति पौडेललाई बधाई दिंदै भने : बीआरआईमा सहकार्य गरौं
फाइल तस्बिर।
सुन्नुहोस्

बेइजिङ : चीनका राष्ट्रपति सी चिनफिङले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपतिको पदभार ग्रहण गरेकामा बधाइ दिंदै बीआरआई अगाडि बढाउन ईच्छुक रहेको बताएका छन्।

चिनियाँ राष्ट्रपतिले नेपाल–चीन सम्बन्धको विकासलाई आफूले निकै महत्त्व दिएको बताउँदै भने, 'दुई देशबीचको परम्परागत मित्रतालाई अगाडि बढाउन, आपसी राजनीतिक विश्वासलाई थप सुदृढ पार्न, उच्च गुणस्तरको बेल्ट एन्ड रोड सहकार्यलाई अगाडि बढाउन र विस्तार गर्न नवनिर्वाचित राष्ट्रपति पौडेलसँग मिलेर काम गर्न इच्छुक छु।' 

आफ्नो बधाइ सन्देशमा राष्ट्रपति सीले चीन र नेपाल हिमाल र नदीले जोडिएका मित्रवत् छिमेकी भएको र सन् १९५५ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै यी दुई देशबीचको सम्बन्धले शान्तिपूर्ण सहअस्तित्व, मित्रता र आपसी सहयोगको विश्वसामु राम्रो दृष्टान्त प्रस्तुत गरेको बताएका छन्।

त्यसैगरी उनले विकास र समृद्धिको लागि चिरस्थायी मित्रता सहितको सहयोगको रणनीतिक साझेदारीलाई निरन्तर प्रवर्द्धन गर्नका लागि सांस्कृतिक एवं जनता-जनताबीचको सम्बन्धलाई थप प्रगाढ पार्न आगामी दिनहरू अझ महत्त्वपूर्ण हने विश्वास समेत व्यक्त गरेका छन्। रासस
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.