बेनी-जोमसोम सडक दैनिक ५ घण्टा बन्द

बेनी-जोमसोम सडक दैनिक ५ घण्टा बन्द
सुन्नुहोस्

बेनी–जोमसोम सडक चैत्र २ गतेदेखि चैत्र १४ गतेसम्मको लागि बन्द गरिएको हो । तर, चैत्र ६, ७ र ८ गते ३ दिन भने सडक बन्द नहुने सूचनामा उल्लेख गरिएको छ ।

जोमसोम : राष्ट्रिय गौरवको कालिगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला सडक) दैनिक ५ घण्टा बन्द हुने भएको छ । कालिगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजनाको समन्वयमा जिल्ला प्रशासन कार्यालय म्याग्दीले चैत्र ३ गते शुक्रबारदेखि लागु हुने गरी बेनी–जोमसोम ७६ किमी सडकमा दैनिक ५ घण्टा टाइमकार्ड लागु गरेको हो ।

 
म्याग्दी प्रशासनले बुधबार एक सूचना प्रकाशित गरी बेनी–जोमसोम सडक बन्द हुने जनाएको छ । बेनी–जोमसोम सडकको प्याकेज नम्बर २ अन्तर्गत पर्ने अन्नपूर्ण गाउँपालिका–३ रुप्से सडक खण्डमा बेलीब्रिजसहित पहिरो रोकथामको कार्य भइरहेको र सडक विस्तार एवं स्तरोन्नतिका काम भइरहेकोले बिहान ६ बजेदेखि ९ बजेसम्म र दिउँसो १ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द निर्णय गरेको म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी धिरेन्द्रराज पन्तले जानकारी दिए । 

बेनी–जोमसोम सडक चैत्र २ गतेदेखि चैत्र १४ गतेसम्मको लागि बन्द गरिएको हो । तर, चैत्र ६, ७ र ८ गते ३ दिन भने सडक बन्द नहुने सूचनामा उल्लेख गरिएको छ ।

बेनी–जोमसोम सडकको दोश्रो प्याकेज रुप्सेमा ३ वर्षअघि आयोजनाद्वारा निर्माणधीन पक्की पुल बाढीले बगाएको थियो । त्यहा पुल नहुँदा सडक आउजाउमा समस्या थियो । आयोजनाले सो स्थानमा अस्थायी बेलिब्रिज स्थान्तरण गर्न लागेको छ । 
बेनी–जोमसोम सडकको केही स्थानमा पक्की पुल निर्माण सम्पन्न भएपछि  कही बेलिब्रिज जगेडा बसेको थियो । आयोजनाले पुल स्थान्तरणसहित करिव ३ सय मिटर सडकको एप्रोजसहितको काम गर्न  ३ करोड ५९ लाखमा ठेक्का सम्झौता गरेको थियो । त्यहाँ मुक्तिनाथ निर्माण सेवाले सडकको काम गरिरहेको छ ।
 
यस्तै सो स्थानमा कमजोर भुबनोटका कारण बर्सेनि बाढी-पहिरो र नदी कटानले सडकमा क्षति पुर्‍याउने गरेकोमा त्यस स्थानमा पहिरो रोकथाम तथा नियन्त्रण सम्वन्धि प्राविधिक अध्ययन भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.