राष्ट्रपति कार्यालयले ट्वीटरबाट हटाएन भण्डारीको तस्बिर, पौडेलको प्रोफाइलमा कांग्रेसकै झण्डा

राष्ट्रपति कार्यालयले ट्वीटरबाट हटाएन भण्डारीको तस्बिर, पौडेलको प्रोफाइलमा कांग्रेसकै झण्डा
सुन्नुहोस्

पौडेलको दुवै गालामा रहेको कोठीसमेत गायव बनाएर इडिट गरिएको फोटो अपलोड गरिएपछि सामाजिक सञ्जालमा आलोचना भएपछि सच्याइएको छ।

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले पदभार ग्रहण गरेपनि राष्ट्रपति कार्यालय शीतल निवासले ट्वीटरमा प्रोफाइल तस्बिर परिवर्तन गरेको छैन। सोमबार पौडेलले पदभार ग्रहण गरेपनि बिहीबार बिहानसम्म राष्ट्रपति कार्यालयको आधिकारिक ट्वीटर ह्याण्डल (@PresidentofNP)मा विद्यादेवी भण्डारीको तस्बिर रहेको छ।

राष्ट्रपतिको पदभार ग्रहण गरेपछि निर्वतमान राष्ट्रपति भण्डारीको तस्बिर हटाएर नवनिर्वाचित राष्ट्रपति पौडेलको तस्बिर राष्ट्रपति कार्यालयको वेवसाइट (president.gov.np)मा भने राखिएको थियो।पौडेलको दुवै गालामा रहेको कोठीसमेत गायव बनाएर इडिट गरिएको फोटो अपलोड गरिएपछि सामाजिक सञ्जालमा आलोचना भएको थियो । उक्त तस्बिर भने परिवर्तन गरिएको छ।

राष्ट्रपति कार्यालयको वेवसाइटमा राखिएको (@PresidentofNP)ट्वीटर ह्याण्डल भने हटाइएको छ। उक्त स्थानमा अहिले कुनै ट्ववीटर ह्याण्ड राखिएको छैन।

नेपाली कांग्रेसबाट निर्वाचित भएका पौडेलले व्यक्तिगत ट्वीटर ह्याण्डल भने फेरेका छन्। यसअगाडि एनसीपौडेल ट्वीटर ह्याण्डललाई परिवर्तन गरेर पौडेलले अहिले आरसीपौडेलनेपाल (@RcPaudelNepal) राखेका छन्। तर फेसबुकको प्रोफाइल र कभर भने फेरेका छैनन्।

पौडेलको नेपाली कांग्रेसबाट राजीनामा दिएपनि फेसबुकको प्रोफाइल र कभरमा नेपाली कांग्रेसको झण्डासहितको तस्बिर छ। पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि आफ्ना गतिविधि सार्वजनिक गरेपनि सपथग्रहण एवम् पदभा ग्रहणगरेपश्चात कुनै पोस्ट गरेका छैनन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.