मकवानपुरको नयाँबस्तीमा बस दुर्घटना हुँदा १४ यात्रु घाइते

मकवानपुरको नयाँबस्तीमा बस दुर्घटना हुँदा १४ यात्रु घाइते
सुन्नुहोस्

मकवानपुर: पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरि-६ नयाँबस्तीमा बस दुर्घटना हुँदा १४ यात्रु घाइते भएका छन्।

 
चितवनबाट हेटौंडातर्फ आउदै गरेको ना ७ ख १३२६  नम्बर को बस अनियन्त्रित भएर सडकबाट करिब २५ फिट तल बारीमा पल्टिदा दुर्घटना भएको मकवानपुर प्रहरी प्रवक्ता डीएसपी टेकबहादुर कार्कीले बताए।

दुर्घटनामा घाइते भएकालाई उपचारको लागि भरतपुर पठाइएको कार्कीले बताए। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ।

दुर्घटनाको खबर लगत्तै इलाका प्रहरी कार्यालय मनहरिका प्रहरी निरीक्षक कृष्णराज ढकालको कमाण्डमा घाइतेको उद्धारका लागि प्रहरी खटिएका थिए। दुर्घटनास्थल इलाका प्रहरी कार्यालय मनहरिबाट करिब ७ किलोमिटर पश्चिमतर्फ पर्छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.