उपराष्ट्रपति निर्वाचनको आचारसंहिता सकिएपछि इन्धनको मूल्य घट्ने

भारतबाट सस्तिएर आयो इन्धन

उपराष्ट्रपति निर्वाचनको आचारसंहिता सकिएपछि इन्धनको मूल्य घट्ने
फाइल तस्बिर

काठमाडौं: उपराष्ट्रपति निर्वाचनको आचारसंहिता लागू हुने अवधिभर नेपालमा पेट्रेलियम पदार्थको भाउ घटबढ नहुने भएको छ। बिहीबार भारतले पेट्रोल र डिजलको भाउ घटाएर नयाँ मूल्यसूची पठाएपनि नेपालमा तत्कालै नघट्ने भएको छ।

१५ दिनअघि पनि पेट्रोल र डिजेलको मूल्य घटेर तथा एलपी ग्यासको मूल्य बढेर आएको भएपनि राष्ट्रपति निर्वाचनको आचारसंहिताका कारण पेट्रोलिमय पदार्थको मूल्य घटबढ गरिएको थिएन।

बिहीबार प्राप्त नयाँ मूल्यसूचीअनुसार नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसनबाट पेट्रोल हालको मूल्यभन्दा ८६ पैसा र डिजेल १ रुपैयाँ ७४ पैसा सस्तोमा किन्न पाउनेछ। निगमले नयाँ दर प्राप्त भएलगत्तै मूल्य समायोजन गर्ने गरेको भएपनि हाललाई त्यसो नगरिने निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए।

उनका अनुसार हवाइ इन्धनको खरिदमूल्य यथावत् छ। मट्टितेल र ग्यासको खरिद मूल्य भने हरेक महिनाको १ तारिखमा मात्र प्राप्त हुने गरेको छ।

‘उपराष्ट्रपति निर्वाचनको मौन अवधि चैत ५ गतेसम्म कायम रहने भएकाले तत्कालका लागि मूल्य समायोजन हुने छैन,’ उनले अन्नपूर्ण पोस्टसँग भने।

नयाँ खरिद मूल्यसूचीअनुसार १५ दिनमा निगमलाई ६० करोड रुपैयाँ नाफा हुनेछ। यता, विगतमा व्यहोरेको  घाटाले भारतीय पक्ष इन्डियन आयल कर्पोरेसनको ५ अर्ब रुपैयाँ अझै तिर्न बाँकी छ। उपाध्यायका अनुसार यो वक्यौता डेढ वर्षदेखिको हो। यस्तै, नेपाल सरकारको ६ अर्ब ३० करोड रुपैयाँ बराबरको ऋण भुक्तान गर्न पनि बाँकी छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.