छैटौं अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु

छैटौं अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु
सांकेतिक तस्बिर।
सुन्नुहोस्

काठमाडौं : 'विश्वभरका कथाहरुको उत्सव नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ भन्ने नाराका साथ निफ सुरु भएको छ। नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव ‐निफको छैटौं सस्करण बिहीबारदेखि सुरु भएको हो। 

४ दिनसम्म चल्ने यो महोत्सव नेपाली फिल्मकर्मीको लागि उत्सव सरह हुनेछ। महोत्सवभर ३५ देशका ९५ वटा लामा छोटा चलचित्र प्रदशन गरिनेछन्। 

काठमाडौंको सिभिल मलस्थित सिनेमा हलमा एक औपचारिक कार्यक्रम गरी महोत्सवको उद्घाटन गरिएको थियो। कार्यक्रममा सयौं नेपाली फिल्मकर्मी, विदेशी राजदुत तथा अतिथीहरु र ५० बढी विदेशी फिल्मकर्मीको सहभागिता थियो। 

कार्यक्रममा विशेष अतिथिका रुपमा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, नेपालका लागि चाइनाका राजदुत छन् सोङ, बरिष्ठ अभिनेत्री बसुन्धरा भुषाल, निफका संयोजक यादव भट्टराई, निफका अध्यक्ष केपी पाठकले मन्तब्य राखेका थिए। 
महोत्सव उद्घाटन समारोहमा भारत, ब्राजिल, युरोपियन युनियनका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। 

चलचित्रको प्रदर्शन सञ्चालित चारवटा अत्याधुनिक सिनेमा हलहरु काठमाडौंको सिभिल मल र छायाँ सेन्टर, पुलचोकको लविङ मल भक्तपुर राधेराधेको भाटभटेनीमा रहेको हलबाट हुनेछन्। महोत्सवका प्रतियोगी चलचित्र माथि उल्लेखित हलमा चलचित्र प्रदर्शन हुनेछन् भने सम्पूर्ण सेसनहरु भृकुटीमण्डपस्थित पर्यटन बोर्डमा सञ्चालित हुनेछन्।

छैटौं निफको ‘ओपनिङ फिल्म’को रुपमा केरिन शर्मा निर्देशित चलचित्र ‘चरी’ (अप्रतियोगी) प्रदर्शन भएको थियो। 
महोत्सवमा अनुभवी, प्रसिद्ध फिल्मकर्मीहरुको सहभागीतामा विविध विधामा कार्यशाला, अन्तरक्रिया र छलफलका कार्यक्रम समेत  सञ्चालन गरिनेछ। नेपाली चलचित्रका विविध विषयमा छलफल गरिनेछ। 

नेवारी भेषभुषमा सजिएका कलाकारहरुले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गरेका थिए। कार्यक्रममा विशेष अतिथिको रुपमा नेपाल चलचित्र विकास वोर्डका अध्यक्ष भुवन केसी उपस्थित थिए। कार्यक्रममा वोल्दै केसीले नेपाली भुमि विदेशी तथा स्वदेशी फिल्ममेकरको लागी ओपन स्टुडियो भएको बताए। 

अन्तर्राष्टिय चलचित्र महोत्सवले फिल्ममा रुचि राख्ने सम्पुर्णको लागि अन्तर्राष्टिय स्तरको फिल्म हेर्न पाउने अवसर सिर्जना गरेको जानकारी दिए। यसका साथै प्राकृतिक रुपमा अत्यन्तै सुन्दर परिवेश भएको नेपालमा जता क्यामरा राखेपनि सट लिन सकिने दृष्य रहेकाले चलचित्र निर्माणका लागी उर्वर भुमि रहेको बताए। 

कार्यक्रममा बोल्दै चलचित्र महोत्सव आयोजक समितिका अध्यक्ष केपी पाठकले अन्तर्राष्टिय स्तरको चलचित्र महोत्सव आयोजना गर्दा सरकारको सहयोग नपाएको गुनासो गरे। संसारभरको सफिल्मकर्मीसंग जोड्ने पुलको रुपमा महोत्सवले काम गर्ने हुनाले सबैका लागि चलचित्र महोत्सव जरुरी भएको बताए। उनले अन्तर्राष्टिय चलचित्र मेकिङको गन्तव्यको रुपमा  नेपाललाई विकास गर्नसकिने प्रशस्त संभावना रहेकाले सत्ता र शक्तिमा बस्नेहरुले ध्यान दिन आवश्यक रहेकोमा जोड दिए। 

कार्यक्रममा पोल्दै अग्रज कलाकार बसुन्धुरा भुषालले आफ्नै घर आगनमा यस प्रकारको महोत्सव हुनु अत्यन्तै गौरवको विषय रहेको जानकारी दिइन्। फिल्म महोत्सवले देशभित्रको भाषा, संस्कृति र पर्यटन विकासमा टेवा पुग्नेमा जोड दिइन्। 
चलचित्र महोत्सवमा सहभागी फिल्महरुलाई वल्र्ड पानोरमा, नेपाल पानोरमा, डकुमेन्ट्री फिल्म, अन्र्तराष्टिय सर्ट फिल्म र राष्टिय सर्ट फिल्म अन्र्तगत छुट्याएर प्रदर्शन गरिनेछ। फिल्मको मुल्याकन गर्नका लागी आयोजक टिमले नेपाली तथा विदेशी जुरी मेम्वर राखेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.