सिन्धुलीमा डढेलो नियन्त्रण गर्न हरितदस्ता

सिन्धुलीमा डढेलो नियन्त्रण गर्न हरितदस्ता
सुन्नुहोस्

सिन्धुली: डिभिजन वन कार्यालय सिन्धुलीले १० जना अग्नी नियन्त्रण दस्ता (हरितदस्ता) तयार पारेको छ।

जिल्लाका सामुदायिक तथा राष्ट्रिय वनमा लाग्ने डढेलो नियन्त्रण गर्न हरितदस्ता तयार पारिएको हो।

दस्तालाई डढेलो नियन्त्रण गर्न आवश्यक तालिम तथा सामाग्रीसहित परिचालन गरिने छ। सुख्खायाम सुरुभएसँगै सिन्धुलीमा वन डढेलोका घट्नाहरु बढ्ने गरेका छन्। जिल्लाका चुरे तथा महाभारत क्षेत्रका सामुदायिक र राष्ट्रिय वनमा आगलागी हुने क्रम बढेपछि नियन्त्रण गर्न दस्ता तयार पारिएको हो।

हरितदस्तालाई डिभिजन वन कार्यालयले डढेलो लाग्ने समयको पाँच महिनासम्म डढेलो नियन्त्रण गर्न परिचालन गरिने डिभिजन वन कार्यालय सिन्धुलीका डिभिजनल वन अधिकृत कृणराज न्यौपानेले बताए। उनले भने, ‘सुख्खा समयमा वनमा जताततै आगो लाग्ने गरेको र डिभिजन वन कार्यालय सिन्धुलीमा कर्मचारी न्यून रहेकाले डढेलो नियन्त्रणको सहजताको लागि विभिन्न सामाग्रीसहित १० जना हरितदस्ता तयार पारिएको हो।’

सिन्धुलीमा अघिल्लो वर्षमात्र ४५० हेक्टर वनमा डढेलो लागेको थियो। जिल्लाका ५०५ सामुदायिक वन मध्ये डिभिजन वन कार्यालय सिन्धुली अन्तर्गत ३०९ सामुदायिक वन समूह छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.