बागमती प्रदेशमा 'तामाङ' र 'नेवारी' सरकारी कामकाजको भाषा हुने

बागमती प्रदेशमा 'तामाङ' र 'नेवारी' सरकारी कामकाजको भाषा हुने
सुन्नुहोस्

हेटौंडा: बागमती प्रदेशभित्र सरकारी कामकाजको भाषा नेपालीसँगै तामाङ र नेवारी (नेपाल भाषा) कार्यान्वयन गर्न एक महिनाभित्र ऐन निर्माण गरिने भएको छ। 

शुक्रबार मुख्यमन्त्री शालिकराम जम्कट्टेलको उपस्थितिमा काठमाडौंमा भएको तामाङ/नेवारी(नेपाल भाषा) कार्यान्वय तयारी सम्बन्धि समितिको बैठकले उक्त निर्णय गरेको हो।
 

अब छिट्टै ऐन निर्माण गरेर कार्यान्वयमा लगिने मुख्यमन्त्री जम्कट्टेलले बताए। ‘बहुसंख्यक तामाङ र नेवार समुदायको बसोबास रहेको बागमती प्रदेशमा आम नागरिकलाई सरकारी कामकाजमा थप सहजता होस् भनेर भाषा सम्बन्धि ऐन ल्याउन लागेका हौं’, उनले भने।
   
एक महिनाभित्र ऐन निर्माण गरेर आउँदो नयाँ वर्ष (वैशाख महिना) भित्र संसदमा पेश गरिने समितिका अध्यक्ष तथा सामाजिक विकास मन्त्री कुमारी मोक्तानले बताइन्। एक महिनाअघि सामाजिक विकास मन्त्री मोक्तानको अध्यक्षतामा उक्त समिति बनेको थियो। 

समितिमा श्रम रोजगार तथा यातायात मन्त्री एकलाल श्रेष्ठसँगै दुई विज्ञ सदस्य डा. गणेश योन्जन र ओमकार्यश्वर श्रेष्ठ सदस्य छन्। बागमती प्रदेशमा तामाङ र नेवार समुदयाको बाहुल्यता छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.