विविधता झल्काउँदै बर्दिवास महोत्सव
बर्दिवास: चौथो बर्दिबास महोत्सव सुरु भएको छ। ‘उद्योग व्यापार र कलाको विकास गरौं, साहित्य संस्कृतिको संरक्षण गर्दै प्रवर्द्धन गरौं’ भन्ने भावका साथ बर्दिबासमा चौथो पटक महोत्सवको आयोजना गरिएको हो।
शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले महोत्सवको उदघाटन गरे। उनले स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न यो महोत्सवले भूमिका खेल्ने विश्वास गरे।
महोत्सव चैत १३ गतेसम्म सञ्चालन हुने बर्दिबास उद्योग वाणिज्य संघका अध्यक्ष विष्णुबहादुर खड्काले बताए।
महोत्सव परिसरमा करिब १७० भन्दा बढी व्यापारिक स्टलहरु राखिएको छ। महोत्सवमा ५५ लाख खर्च हुने अनुमान छ। महोत्सव अवधिमा ६० लाख आम्दानी हुने आयोजकको अनुमान छ।