मलको अनुदान कटौती नगर्न माग
वीरगन्ज: रासायनिक मलमा दिइने अनुदान कटौतीको निर्णय फिर्ता लिन किसान संघ पर्साले सरकारसँग माग गरेको छ।
फागुन २६ मा सरकारले रासायनिक मलमा दिदै आएको अनुदानमा कटौती गर्ने निर्णय गरेको थियो। यो निर्णयले रासायिनक मलको मूल्य बढ्दा किसान मर्कामा परेका छन्।
संघले निर्णय फिर्ताको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ। संघले पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको हो।