डढेलो नियन्त्रण गर्न हरितदस्ता

डढेलो नियन्त्रण गर्न हरितदस्ता
फाइल तस्बिर।
सुन्नुहोस्

सिन्धुली : डिभिजन वन कार्यालय सिन्धुलीले १० जना अग्नि नियन्त्रणदस्ता (हरितदस्ता) तयार पारेको छ। जिल्लाका सामुदायिक तथा राष्ट्रिय वनमा लाग्ने डढेलो नियन्त्रणका लागि हरितदस्ता तयार पारिएको हो।

उनीहरूलाई डढेलो नियन्त्रणका लागि आवश्यक तालिम तथा सामग्रीसहित डढेलो नियन्त्रणका लागि परिचालन गरिनेछ। सुक्खायाम सुरु भएसँगै सिन्धुलीमा वन डढेलोका घटनाहरू बढ्ने गरेका छन्। जिल्लाका चुरे तथा महाभारत क्षेत्रका सामुदायिक र राष्ट्रिय वनमा आगलागी हुने गरेको छ। जिल्लाका कतिपय वन क्षेत्रमा फागुनको अन्तिम सातादेखि डढेलो लागिसकेको छ। 

यसरी तयार पारिएका हरितदस्तालाई डिभिजन वन कार्यालयले डढेलो लाग्ने समयको पाँच महिनासम्म डढेलो नियन्त्रण गर्न परिचालन गरिने डिभिजन वन कार्यालय सिन्धुलीका डिभिजनल वन अधिकृत कृष्णराज न्यौपानेले बताए। ‘सुक्खा समयमा वनमा जताततै आगो लाग्ने र कर्मचारी पनि न्यून रहेकाले नियन्त्रणका लागि डढेलो नियन्त्रणका विभिन्न सामग्रीसहित १० जना हरितदस्ता तयार पारिएको हो,’ उनले भने । हरितदस्तासँगै डिभिजन वन, सेना, प्रहरी, सशस्त्र गरी ४० जनाको अग्नि नियन्त्रक संयुक्त टोली पनि तयारी अवस्थामा राखिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.